महोत्सवको निर्णायक चयन पूरा

काठमाडौं । आउँदो २ चैत देखि ६ चैतसम्म काठमाडौंमा आयोजना हुने ‘छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३’ (निफ)को निर्णायक समूह चयन सम्पन्न भएको छ ।

यसअघि निर्णायक प्रमुखमा भारतीय फिल्म समीक्षक प्रेमेन्द्र मजुमदार चयन भएका थिए । यो महोत्सवका लागि नेपालबाट अभिनेत्री प्रियंका कार्की चयन भएकी थिइन् ।

यही महोत्सबका लागि बाँकी अरू निर्णायक पनि चयन भएका छन् । यो महोत्सवमा फिचर फिल्मतर्फका जुरीमा अमेरिकाका जेफ मोनाहान चयन भएका छन् । उनी त्यहाँका चलचित्र अभिनेता, लेखक र निर्माता हुन् । उनका कयौं सिर्जना विश्व प्रसिद्ध छन् । यसरी जेफ मोनाहानको चयनसँगै फिचर फिल्मतर्फका निर्णायक कमिटीले पूर्णता पाएको छ ।

त्यसैगरी, छोटाफिल्म तथा वृत्तचित्रतर्फका जुरीमा प्राडा इतामी बोर्जनलाई चयन गरिएको छ । उनी फिल्म विशेषज्ञ र शिक्षाविद् हुन् । क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा उनले धेरै वर्षदेखि एथनोग्राफिक, डकुमेन्ट्री, विश्व सिनेमाको इतिहास र सिद्धान्त पढाउँदै आएकी छन् । प्राडा इतामी बोर्जनको मनोनयनसँगै छोटा तथा डकुमेन्ट्री फिल्मतर्फका जुरीले पनि पूर्णता पाएको छ । यसअघि यस विधाको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन प्रालि रान र सदस्यमा माया एकेडेमीका इन्द्रलाल बलामी चयन भइसकेका छन् ।

यो फेस्टिबलका तयारी पूर्णरूपमा भइरहेको फेस्टिबलका अध्यक्ष केपी पाठकले बताएका छन् । उनका अनुसार यस वर्ष निफमा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र चयन भएका छन् । यी मध्येबाट ७ विधामा १४ वटा पुरस्कार प्रदान गरिने पनि पाठकले बताएका छन् । यो महोत्सवमा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया)समेत आयोजना गरिने पनि पाठकले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति