महाशिवरात्रि : विश्वहिन्दू तीर्थयात्रीको पशुपतिमा जमघट

२०७९ साल फागुन ६ गते महाशिवरात्रिको शुभदिन परेको छ । सभ्यताको विकास क्रममा संसारभरका देशहरूमा हिन्दू धर्म र संस्कृतिले गहिरो प्रभाव पारेको छ । संस्कृति एवं सभ्यताको विकासमा शिवलिंग पूजा पनि त्यसैको प्रति बिम्ब हो । महेन्जोदारो र हरप्पा तथा सिन्धुघाँटीको सभ्यतामा भएको पुरातात्विक उत्खननमा शिवमूर्ति प्राप्त हुनाले शैव संस्कृति विश्वव्यापी भएको कुरा पुष्टी हुन्छ । शिवलिंग ’boutमा शिवपुराणमा विस्तृत व्याख्या छ । शिवपुराणमा शिवजी’bout उल्लेख छ– ‘शिवलिंग समसद्भूतः कोटी सूर्य सम प्रभुः’ ‘देव देवजमहादेव ! नीलकण्ठ नमोस्तुते ! कालरात्रि, मोहरात्रि र महारात्रि यी तीन रात्रिको हिन्दू जगत्मा विशेष महत्व छ । यी रात्रिहरूमध्ये महारात्रि नै महाशिवरात्रि हो । पशुपतिनाथ, गोसाइँकुण्ड, डोलेश्वर महादेव शिपाडोल, गोकर्णेश्वर महादेव तथा नेपाल अधिराज्यका शिवमन्दिरहरू हिन्दूहरूका लागि आकर्षणको केन्द्र बन्छ । भारत र अन्य देशबाट लाखौं तीर्थयात्रीहरू तथा साधु–सन्तहरू पशुपतिनाथको दर्शनार्थ नेपालमा आएका हुन्छन् । यसपालि साधु, सन्त, तीर्थयात्रुहरूको अध्यधिक भीड बढेको छ । पवित्र यो हिन्दूस्थलमा हिमाल, पहाड, तराईका हरक्षेत्र, पवित्र नदीहरू, ताल, धाम, जंगल, भूभागले सिञ्चित छन् । यो पवित्र भूमि विश्वको आकर्षण क्षेत्र बनेको छ । विश्वमा नेपाल र भारत वेद, उपनिषद्, पुराण तथा नीतिशास्त्र उजागर भएका हिन्दूहरूको उद्गमस्थल हुन् । तर, भारतखण्डमा हजार वर्षसम्म मुसलमान र अंग्रेजी साम्राज्यले हिन्दू र बौद्धका अस्मीताहरू तोडफोड गरेर बिटुलो बनाउँदै अंग्रेजी भाषा, इसाई धर्म र संस्कृति लाध्ने काम ग¥यो । तर, नेपालमा विदेशीहरूले प्रभूत्व जम्न नसकेकाले नेपाल विश्वको एकमात्र पवित्र हिन्दू भूमिका रूपमा सुरक्षित हुँदै आफ्नो अस्मीता बचाउन सकेकाले नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ । भारतीय हिन्दूहरू यस भूमिलाई नै पवित्र तीर्थस्थलका रूपमा लिन्छन् ।

पशुपतिनाथ, गोसाइँकुण्ड, डोलेश्वर महादेव, गोकर्णेश्वर महादेव तथा देशभरका शिवमन्दिर हिन्दूहरूका लागि आकर्षणको केन्द्र हो

नेपाल तथा भारतबीचमा धार्मिक सौहार्दताका कारणले यस युगदेखि नेपाल तथा भारतका मन्दिर तथा धामहरूमा नेपाली पुजारी भारतका धाम र मन्दिरहरूमा र भारतका पुजारीहरू नेपालका धाम तथा मन्दिरहरूमा पुजारी रहने परम्परा कायम रहेकाले पनि नेपाल–भारतबीचमा पारस्पारिकता कायम छ । नेपालमा पशुपतिनाथको पुजारीका रूपमा दक्षिण भारतबाट भट्ट पुजारीको व्यवस्था छ । भारतको बनारस विश्वनाथमा नेपाली पुजारी, कामरु कामक्षमा नेपाली पुजारीको व्यवस्था भएझै कयौं मन्दिर धामहरूमा नेपाली पुजारीहरू रहने व्यवस्था रहेको छ । नेपाल तथा भारत हिन्दू धर्म दर्शनको उद्गम भएकाले महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चित स्वरूप पशुपतिनाथको पूजा गरेका उल्लेख छ । त्यस्तै, लिच्छवी वंशका पहिला राजाले ‘विक्रमादित्य’ को उपाधि धारण गरेर ‘वैशालाधिपति’ का रूपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेको उल्लेख पाइन्छ । यसरी उनले बत्तीसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र विक्रम संवत् चलाएका थिए भन्ने इतिहासमा लेखिएको पाइन्छ । उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवतखण्डमा उल्लेख छ । भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, बाराहक्षेत्र, पाथिभरा, जनकपुरधाम, लुम्बिनी, बौद्धनाथ धामजस्ता प्रसिद्ध धाम छन् । नेपालमा रहेका धाम र पवित्र मन्दिर र सयौं तीर्थस्थलहरूका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरूको विश्वव्यापी मान्यता छ । नेपालका साथै भारतमा अवस्थित तिरूपति, अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, कासी, विन्ध्यवासिनी, कामाक्ष–कामरूप, आदि पवित्र स्थलहरूमा नेपाल र भारतबीचमा त्यत्तिकै तादात्म्यता छ । अंग्रेजी–साम्राज्यसँग भिडेर यो पूण्यभूमि सुरक्षित रहिआएकाले भारतका कतिपय धाम र मन्दिरहरूमा नेपालका राजाहरूको विशेषाधिकार रहिआएको हो ।

समय समयमा पशुपतिनाथमाथि आक्रमण नभएको होइन । विक्रम संवत् १४ सयतिर बंगालका नबाव सुल्तान समसुद्दिनले ३१ हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरू ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिरसमेत ध्वस्त पार्ने धृष्टता गरे । त्यो विकराल अवस्थाबाट यस क्षेत्रलाई बचाउन पाल्पा, कास्की, गोरखा, लमजुङका राजाहरूको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौजमाथि आक्रमण गरे भने सो आक्रमणमा ३० हजार ४ सय मारिए थिए । बाँकी ६ सयजति बाँचेर भागेका थिए भन्ने कुरा भक्तपुर तजेलु स्तम्भमा उल्लेख छ ।

त्यसपछि जयस्थिति मल्ल काठमाडौं उपत्यकाको राजसिंहासनमा बसेर पशुपति क्षेत्रमा जीर्णेद्घार र पुनरुत्थान गरेका थिए । बाग्मती पारी राम मन्दिरको निर्माण गरेर कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दू तथा बौद्धबाहेक अरूको प्रवेश निषेध गर्ने नियम चलाएका थिए । यद्यपि, कतिले पशुपतिमा अन्य धर्मावलम्बीहरूलाई रोक लगाएकामा असन्तुष्टि व्यक्त गरेका पनि पाइएको छ ।

तर, धार्मिक परम्परा संविधानको भन्दा ठूलो मान्यता हुँदोरहेछ । त्यसैले, विक्रम संवत् १४ सयतिरको यस क्षेत्रका पवित्र हिन्दू तथा बौद्ध क्षेत्रहरूमा मुसलमानको आक्रमण भएका बेलादेखि हिन्दू तथा बौद्धबाहेकका धर्मावलम्बीहरूलाई रोक लगाइएको हो । विश्वका सबै धर्मका परम्परालाई संविधान र कानुनभन्दा माथि मानिन्छ । कयौं मस्जिद र चर्चहरूमा यसभन्दा कडा नियम लगाएका छन् । साउदी अरबमा शिवजीको फोटोसमेत बोक्न पाइँदैन । पाकिस्तानमा घोडाका टापको औंठी लगाएर हिँड्ने हिन्दूहरू सुरक्षित हुँदैनन् भनिन्छ । धार्मिक परम्परालाई तोड्न सजिलो हुँदैन ।

आराध्यदेव पशुपतिनाथको पूजा अर्चना गर्नु आस्तिकहरू आत्मगौरव मान्छन् भने नास्तिकहरू यसलाई परम्परागत अस्तित्व ठान्छन्

समयसमयमा जति नै अपमान गर्न खोजेता पनि पशुपतिनाथको ज्योतिर्गमय स्वरूप अजर–अमर रहिआएको छ । यस क्षेत्र वैदिक हिन्दू सनातन धर्म सभ्यताको उद्गम हो । वैदिक हिन्दू सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐ कार जगत् नै वैदिक हिन्दू पञ्चदेवका उपाशक हुन् । वैदिक सनातन हिन्दू धर्मको आडमा रहेर हामी एकले अर्काको सम्मान गर्छौं । सभ्यताको विकास क्रममाम संसारभरका देशमा हिन्दू धर्म र संस्कृतिको गहिरो प्रभाव परेको पाइन्छ । संस्कृति एवं सभ्यतामा शिवलिंग पूजा पनि त्यसैको प्रतिबिम्ब हो । महेन्जोदारो र हरप्पा तथा सिन्धु घाँटीको सभ्यतामा भएको पुरातात्विक उत्खनन्मा शिवमूर्ति प्राप्त हुनाले शैव संस्कृति विश्वव्यापी भएको कुरा पुष्टी हुन्छ । ‘सत्यं शिवं, सुन्दरम् ।’ हिन्दू तथा बौद्धहरूले अमरनाथ, विश्वनाथ, कैलास–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा मान्छन् । पशुपतिनाथलाई शिव, महादेव, किराँतेश्वर, शंकर, शम्भू, ज्योतिर्लिंग आदि विभिन्न नामले पुकार्ने गरिन्छ । हिन्दू र बौद्धको पवित्र धाम नेपाल हो । जस्तोसुकै परिवर्तन भएता पनि हाम्रा धाम र मन्दिरहरूले परम्परागत मान्यता तोडेर आफ्नो पहिचान गुमाएका छैनन् ।

कैलाश मानसरोवर शिवजीको क्रीडा तथा तपस्थान हो । मानव कल्याणका लागि विषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशूलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाइँकुण्डको पनि ठूलो महिमा छ । १८ पुराणहरू सबैमा शिवको महिमा छ र शिवपुराण शिवजीको वयानको वृत्तान्त हो । हिमवत् खण्डको पुस्तकमा– ‘मरिची, पुलह, ऋतु, भृगु,अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ । पशुपतिनाथका अनेकौं जात्रामध्ये शिवरात्रि, बालाचतुर्दशी, साउने सोमबारहरू अति नै प्रिय मानिन्छन् । शिवरात्रिमा विश्वभर छरिएर रहेका हिन्दूहरूलगायत खास गरेर नेपाल र भारतका लाखौं साधु–सन्तलगायत हिन्दू धर्मावलम्बीहरू पूजाअर्चना र दर्शनका लागि आउँछन् । शिवरात्रिमा पशुपतिनाथ लगायत नेपाल–भारत र विश्वका अनेकौं शिवालय, महादेवस्थानहरूमा धुमधामका साथ जाग्राम बसेर आराधना गर्ने परम्परा छ । पशुपतिनाथ’bout पौराणिक इतिहासमा उल्लेख छ– प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएका थिए । हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौं उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोसाइँकुण्ड, पिण्डेश्वरलाई पवित्र क्षेत्रका रूपमा लिइन्छ । त्यस्तै अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा विश्वभरका हिन्दू तथा बौद्ध धर्मावलम्बीले मान्ने गर्छन् ।

पशुपतिनाथलाई शिव, महादेव, किराँतेश्वर, शंकर, शंम्भू, ज्योतिर्लिंग आदि विभिन्न नामले पुकारिन्छ । पशुपतिनाथका तीन नेत्र हुन्छन्, तिनलाई ज्ञानचक्षु मानिन्छ । पशुपतिनाथका पाँच मुखमध्ये पूर्व तत्पुरुष, उत्तर वामदेव, दक्षिण अघोर, पश्चिम सद्योजात र आकाशतर्फ फर्केको मुखको नाम ईशान हो । लिच्छवी राजाहरूमध्ये मानदेव प्रथमले सम्वत् ३८९ मा पशुपतिनाथप्रति भक्ति गरेर आफ्नी आमाको विक्रान्ति मूर्ति स्थापना गरेको लिच्छवी कालीन अभिलेखहरूमा पाइन्छ । सन् १९७९ देखि युनेस्कोले पशुपतिनाथ गुह्येश्वरी लगायत लगभग चार हेक्टर जमिनलाई अत्यन्त संवेदनशील कोर क्षेत्रमा राखेको छ । आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरू आत्मागौरव मान्छन् भने नास्तिकहरू यसलाई परम्परागत अस्तित्व ठान्छन् । २०७९ साल फागुन ६ गते महाशिवरात्रिको महान् पर्वमा उपस्थित सम्पूर्ण तीर्थयात्री तथा साधु–सन्तहरूको भक्तिभावनाले सार्थक रूप लियोस् र सम्पूर्ण जगत्का नरनारीहरूको पशुपतिनाथले कल्याण गरून् । यही हाम्रो कामना छ ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

epaper

ताजा समाचार

देउवा फर्किनेवारे प्रहरीले भन्योः 'हामी हेर्दैछौं'