बझाङ । बझाङ र बैतडीको सिमानामा अन्दाजी ४०(५० बर्षिया एक महिलाको सब बेवारीसे अवस्थामा फेल परेको छ । बझाङ जिल्लाको जिल्लाको केदार स्यँु गाँउपालिका वडा नम्बर १ धर्मघाटको भिरमा बेवारीसे अवस्थामा सब फेला परेको जिल्ला प्रहरी कार्यलय बझाङका कार्यलय प्रमुख डिएसपी गणेश बमले जानकारी दिए । सोमबार शशत्र प्रहरीको डोटीबाट आएको रेस्क्यु टोली र बझाङबाट गएको सशस्त्र प्रहरीको टोली, प्रहरी मिलेर भिरबाट महिलाको सब निकालिएको सशस्त्र प्रहरी बल बझाङका डिएसपी गणेश शाहीले बताए। उनका अनुसार सब सडेको थियो ।
मृतक महिलाको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । उनको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतक महिलाले रातोमा सेतो र पहेलो धर्का भएको स्विटर , हरियोमा गुलाबी फुलबुट्टा भएको धोती ,हरियो पेटिकोट लगाएकी छन् । घाटीमा हरियो,पहेलो दाना भएको २ वटा पोते, हातमा चादीको बाला र प्लाष्टिकको चुरा लगाएकी छन् । लाशको पहिचान हुन आएमा मृतकका आफन्तलाई जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क गर्न हुन प्रहरीले अनुरोध गरेको छ ।






