दुर्घटना रोक्न संवेदनशीलता र जिम्मेवारीबोध जरुरी

सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा ब्रेक फेल भएर यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भयो भने ३० जना गम्भीर घाइते भएका छन् । हामीकहाँ यसप्रकारका दुर्घटना बारम्बार हुँदा पनि सम्बन्धित निकाय संवेदनशील बन्न सकेका छैनन् । जसका कारण निर्दोष नागरिकहरू अकालमा मृत्युवरण गर्न बाध्य भइरहेका छन् ।

ब्रेक फेल प्राविधिक विषय भए पनि यातायातका साधन सञ्चालन गर्नुपूर्व ती साधन के कस्तो अवस्थामा छन् भन्ने ’boutमा राम्ररी र नियमित रूपमा परीक्षण गर्नुपर्छ । तर, यातायातका साधनको मालिक तथा चालकले यस विषयमा ध्यान नदिँदा दुर्घटनामा पर्ने गरेका छन् । यो उनीहरूको लापरवाही हो । यात्रुवाहक सवारीसाधनको ‘कन्डिसन’ ठीक नहुँदा पनि चलाउने प्रवृत्तिले दुर्घटना निम्त्याइरहेको र यसले निरन्तरता पाइरहेको देखिन्छ ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको सो बस दुर्घटना हुनुको मुख्य कारण ‘ब्रेक फेल’ थियो । ब्रेकले काम नगरेको अवस्थामा चालकले सुनकोसीमा खस्नबाट रोक्नका लागि गुडिरहेको बसलाई भित्ताको आड लिँदै अनेकौं प्रयत्न गरेको घटनास्थल अवलोकनबाट प्रस्ट हुनगएको छ । प्रयास गर्दागर्दै पनि बस रोकिने अवस्था नभएपछि कुइभिरबाट खसेको देखिन्छ । बस आफैमा मेसिन वा यन्त्र हो, यसमा कति बेला आकस्मिक समस्या आइपर्छ ? भन्न सकिँदैन । तर, पनि हरेक यात्रुवाहक बस वा यातायातका साधन तिनीहरूको गन्तव्य स्थानसम्म पुग्न र फर्कन सक्ने अवस्थामा छन् वा छैनन् ? भनी तिनको जाँच र अनुगमन हुने गरेको देखिँदैन । जसका कारण दुर्घटना हुने गरेको छ । एक अध्ययनअनुसार दुर्घटनाबाट वार्षिक रूपमा २ हजारदेखि २ हजार ५ सय मानिसको अकाल मृत्यु हुने गरेको छ । यो तथ्यांक कहालीलाग्दो छ ।

यसरी हुने दुर्घटना रोक्न यातायातका साधनका मालिक, बस व्यवसायी तथा यसको तालुक निकाय यातायात व्यवस्था विभाग तथा मन्त्रालय यस’boutमा बोलेको पनि देखिँदैन । यातायातका साधन जथाभावी चल्ने चलाउने गरेको यात्रुहरूको सर्वत्र गुनासो छ । तर, सुन्ने कसले ? सम्बन्धित निकाय मौन छ । त्यसैले यात्रुहरू अकालमै ज्यान गुमाउन बाध्य छन् । कुइभिरमा भएको दुर्घटनामा पनि यात्रुहरू बसभित्र चेपिएर र बसले च्यापेर मारेको छ । यसको एउटै कारण हो ब्रेक फेल । यातायातका साधनमा हुने क्लज, एक्सिलेटर, ब्रेक, ह्यान्डिल, गियर आदि इन्जिन र ड्राइभरसँग हरक्षण जोडिने गरेका अति महत्वपूर्ण अंग तथा चलायमान पूर्जाहरू हुन् । यिनीहरू नै ठीक अवस्थामा छैनन् भने सिंगो यात्रुवाहक सवारीसाधन र त्यसभित्र खचाखच भरिएका यात्रुहरूको अवस्था ठीक र सुरक्षित हुने कुरा नै आउँदैन । तर, तिनै अंग वा पूर्जाहरूको अवस्था ठीक छ वा छैन भन्ने कुरा प्राविधिक हिसाबले चालकलाई र सामान्य ज्ञानका हिसाबले यातायातका साधनको मालिकलाई थाहा हुन्छ । तर, चालक यसका ’boutमा सचेत रहे पनि उनीहरूमाथि मालिकको आर्थिक छडी बाध्यता बनेर घुमिरहेको हुन्छ ।

सचेत हुनुपर्ने मालिक हो । तर, मालिकका लागि पैसाको मोहभन्दा अरू बढी केही रहेको देखिदैन । यात्रुवाहक सवारीसाधन जहिले पनि बाटामा बिग्रने, टायर फेर्ने, बिग्रिएका सामग्री घन्टौं लगाएर मगाउने, यात्रु अलपत्र पार्ने, अर्को सावरीसाधनमा जान नदिने, बाटोमा बास बसाल्ने आदि कष्टदायी परिस्थिति जहाँतहीँ निर्माण गरिएको देखिन्छ । यसमाथि निगरानी राख्ने, नियमन गर्ने र दण्ड गर्ने निकाय मौन रहेको छ । यातायात व्यवसायी संघ चूपचाप देखिन्छन् । उनीहरूमा जिम्मेवारी र दायित्वबोध भएको देखिँदैन । यातायात विभाग फाइल र अफिसमा गुजुल्टिएको छ । यातायात मन्त्रालय विदेश सयरमा मक्ख हुन्छ । आखिर कसले लिने यसको जिम्मा ? र कसले गर्ने यसको नियमन अनि अनुगमन ! यस्ता दुर्घटना हुन नदिन सम्बन्धित पक्ष संवेदनशील र जिम्मेवार बन्नैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ