राजधानी दैनिकको सम्पादकमा लम्साल

काठमाडौं । राजधानी दैनिकको सम्पादकमा धुव्र लम्साल नियुक्त भएका छन् । राजधानी न्युज पब्लिकेसन प्रालिले लम्साललाई बुधबारदेखि लागू हुनेगरी सम्पादक पदमा नियुक्त गरेको हो ।

लम्साल राजधानीडेली डटकमका समेत सम्पादक हुन् । राजधानी न्युज पब्लिकेसन प्रालिका कार्यकारी अध्यक्ष नन्दा शेरचनले यसअघिका सम्पादक सागर पण्डितको राजीनामा स्वीकृत गरी लम्साललाई सम्पादकमा नियुक्त गरेको बुधबार साँझ जानकारी गराइन् ।

स्पेस टाइम दैनिकबाट पत्रकारिता सुरु गरेका लम्साल नयाँ पत्रिका दैनिक, अनलाइन खबर डटकमलगायतमा काम गरेको अनुभव छ । उनी तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,034 times, 1 visits today)

epaper

ताजा समाचार

निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा