दैलेख । विश्वभरि महामारीको रुप लिएको ‘कोभिड –१९’ ले दैलेख जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन भने गाउँघरमा चहलपहल बढदै गएको छ । शहर देखी भारत वा तेस्रोमुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेक जाँच गरि १४ दिन सम्म क्वारेन्टाईनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाईन नहुँदा जोखिम बढदै स्थानीय बुद्धिजिवी बताउँछन् ।
जिल्लाका ११ वटा स्थानीय तहमध्ये आठविस नगरपालिका,नौमुले गाउँपालिका र गुराँस गाउँपालिकामा भवतीमाई गाउँपालिका र दुल्लू नगरपालिका आईसोलेसन बेड तयार पारिएको छ भने अन्य गाउँपालिका नत क्वारेन्टाईन वेड तयार न त आईसोलेन वेड न । ती गाउँपालिका र नगरपालिकामा आईसोलेन वेड र क्वारेन्टाईन नहुँदा विदेशबाट फर्किएका मानिस निर्धक्क गाउँघरमा जाने गरेका छन् । हेल्थ जाँच नै गाउँघरमा जानाले रोग फैलिन त्रास बढेको ठाटीकाँध १ नामबहादुर शाहीले बताए । गाउँपालिकाले हेल्थ डेस्क आईसोलेन वेड र क्वारेन्टाईन नबनाउदा भारत वा तेस्रो मुलुकमा फर्किएका मानिस निर्धक्क घर आएका छन,यसले जनतामा त्रास फैलाएको छ । क्वारेन्टाईन बनाउन गाउँपालिका उदासिन बनेको शाहीको आरोप छ ।
हेल्थ डेस्क नहुँदा ती गाउँ वा नगरपालिकामा तेस्रो मुलुक वा भारतबाट घर फर्किएका स्थानीयबासी स्वास्थ्य चेक जाँच नगरेर निर्धक्क घर जाने गरेकाले ग्रामिण बस्ती असुरक्षित बन्दै गएका हुन् । हेल्थ डेस्क भएका गाउँ वा नगरपालिकामा क्वारेन्टाईन नहुँदा नाकामा मात्र स्वास्थ्य चेक जाँच गर्ने हुँदा त्यसपछि ती मानिस पनि गाउँमै जाने आठविस नगरपालिकाका चन्द्रबहादुर शाहीले बताए । “हेल्थ डेस्क राकममा छ । त्यहाँ भन्दा सात्तला,टुनीवगर,सिगौडी घर भएका मानिस स्वास्थ चेक जाँच नगरेर घर लाग्छन । गाउँमा आएकालाई क्वारेन्टाईन छैन । क्वारेन्टाईन नहुँदा घरमै बस्नुपर्ने बाध्यता छ । त्यसैले गर्दा शहर भन्दा गाउँघर असुरक्षित बन्दै गएका हुन् ।”
प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा स्वास्थ्यकर्मीको अभाव रहेको छ । डाक्टर दरबन्दी भए पनि ५ महिनादेखी प्राथमिक स्वास्थ्य केन्द्र अहेवका भरमा सञ्चालन भईरहेको छ । पश्चिमका दूई नगरपालिका र एक गाउँपालिका लाई लक्षित गरि बनाएको स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सुर्खेत नेपालगञ्ज उपचार गर्न जानुपर्ने बाध्यता रहेको ठाटीकाँध गाउँपालिका दिपेन्द्र बमले बताए । गाउँमा भारतबाट फर्किनेको लर्को लागेर आएका छन् । स्वास्थ्य केन्द्रमा डाक्टर छैनन् । गाउँपालिकाले कोरोना ’bout जचेतना जगाउने काम गरेको छैन । सुचना जारी मात्र गरेको छ । गाउँ गाउँमा जनचेतना कोरोना विरुद्ध जनचेतना फैलाउनु पर्ने थियो, बमले भने ।
त्यसैगरि कोभिड १९ को संक्रमणबाट बच्नको लागि चामुण्डा विन्द्रासैनी नगरपालिकाले घरदैलो अभियान गरि स्थानीयबासीमा जनचेतना जगाएको छ भने कर्णाली राजमार्गको साँगेतडा बजार मध्यपहाडी राजमार्गको पादुकामा बुधवार भित्र हेल्थ डेस्क राखिने नगरप्रमुख सुर्यबहादुर शाहीले जानकारी दिए । हामीले गाउँ र टोलमा कुनै समान चलाएपछि सावुन पानीले हात धोएर मात्र त्यसैगरि भैरवी गाउँपालिकाले छिमेकी राष्ट्रमा वा तेस्रो मुलुकमा समेत कोरोना भाईरसले मानिसको मृत्यु भएकोले त्यहाँबाट घर फर्किनमा पनि ‘कोभिड –१९’ हुन सक्ने आशंकाले जोखिम बढेको बताए ।
संक्रमणलाई फैलिन नदिनको लागि तेस्रो मुलुक वा भारतबाट घर फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाईन राख्ने निर्णय गरेको भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । सोमबार बसेको विपद् व्यवस्थापन समितिको वैठककले सो निर्णय गरेको हो । उनले भने, भारतबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र स्वास्थ्य जाँच पछि मात्रै घर जान दिने निर्णय भएको छ । भारत तथा तेस्रो मुलुकबाट गाउँपालिकामा आउने स्थानीय नागरिक तथा विदेशी नागरिकहरुलाई स्वास्थ्य चेकजाँचका लागि राख्न पञ्चदेवल मावि रावतकोट र गौरी मावी बाँलेकाँडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको छ ।
भैरवीले स्वास्थ्य चेकजाँचका लागि भिरखेत र चगत्रा बजारमा ‘हेल्थ डेक्स’ सञ्चालन गर्ने भएको छ । भारत लगाएत तेस्रो मुलुकबाट गाउँपालिकामा आउनेहरुको नाम, ठेगाना, आएको स्थान लगायतको विवरण वडा सचिव मार्फत संकलन गर्ने गाउँपालिकाले जनाएको छ ।
दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले दुल्लू अस्पताल र विनायकमा क्वारेन्टाईन बनाउने जानकारी दिए । हामीले सबै वडाअध्यक्षलाई भारत वा विदेशबाट फर्किएका लगत संकलन गर्ने काम गरेका छौ । ती सबैलाई स्वास्थ्यक चेक जाँच स्वास्थ्य कर्मी घरदैलो अभियानामा खटाउने छौं उनले भने ।
जिल्ला विपद व्यवस्थापन समितिले भारत वा तेस्रो मुलुकबाट घर फर्केका लागि नारायण क्याम्पसमा १०० शैंयाके क्वारेन्टाईन बनाउने निर्णय गरेको छ भने जिल्ला अस्पताल दैलेखमा १५ शैंयाको दुल्लू नगरपालिकामा ५ शैया, महाबु गाउँपालिका ५ शैया र भगवतीमाई गाउँपालिकामा ५ शैंया आईसोलेसन वेड तयार पारिएको छ । जिल्लामा औषधी र स्वास्थ्यकर्मीको अभाव नरहेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलेले बताए । विदेशबाट वा तेसो मुलकबाट फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाईनमा राखी स्वास्थ्य चेक जाँच राम्रो देखिए मात्र घर पठाउने छौं । उनले भने, ‘जिल्लामा सदरमुकाम लगायतका ११ वटै स्थानीय तहमा मानिसका लागि अतिआवश्यक बस्तुलाई कमी नभएको र मौज्दात रहेको छ, कमी हुदैन ।’
जिल्लामा सदरमुकाममा आईसोलेन कक्ष र क्वारेन्टाईन बनाएपनि स्थानीय तहमा विदेशबाट फर्किएका लगत संकलन बाहेक क्वारेन्टाईन नहुनुले कोरोना महामारी लिन सक्ने स्थानीयबासी त्रसित छन् । जिल्ला सदरमुकाम जस्तै प्रत्येक गाउँपालिका विद्यालयलाई प्रयोग गरेर क्वारेन्टाईन बनाउनुपर्ने स्थानीबासीको माग रहेको छ ।






