राजकुमार चार्ल्सलाई कोरोना सङ्क्रमण

लन्डन । बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । उनको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण भइसकेको पुष्टि भएको हो ।

उनकी ७२ वर्षीय पत्नी डचिस अफ कोर्न्वल, कमिललाई भने सङ्क्रमण नदेखिएको अधिकारीहरूले बताएका छन् । सङ्क्रमण पुष्टि भएसगैँ राजकुमार चार्ल्स स्कटलेण्डस्थित राजदरबारमै ‘आइसोलेसन’मा बसेका छन् ।

राजकुमार चार्ल्सलाई भनेको छ, “उनलाई सामान्य लक्षणहरू देखिए पनि स्वास्थ्य अवस्था भने राम्रो नै रहेको छ, उनले एक्लै बसेर अरुबेला जस्तै आफ्ना कामहरु नियमित गर्दै आएका छन् । चिकित्सकहरूले पनि ७१ बर्षीय राजकुमार चाल्स’bout धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ‘ब्यालमर क्यासल’ (दरबार) मा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ । केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएकाले ‘कसबाट राजकुमारमा भाइरस स¥यो त्यो पत्ता लगाउन सम्भव’ नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 455 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध