राजधानीकर्मी झा विद्यालयद्वारा सम्मानित

जनकपुरधाम । विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिलाई जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको छ । न्यू भीजन आवासिय माध्यमिक विद्यालयद्वारा आयोजित सो समारोहमा प्रदेश सांसद रामअशिष यादव, पूर्व सिडियो रामरतन मिश्र, पर्यावरण अभियानी सुरेश शर्मा, राजधानी समाचारदाता सुजीतकुमार झा, मेडिकल पढाइको स्कलरसिपमा नाउँ निकालेका छात्र रमण झा रहेका छन् ।

सम्मानित हुनेलाई प्रमाणपत्रका साथै दोसल्ला ओढाइएको थियो । न्यू भिजनका प्रिन्सिपल विश्वलाल सिंहको सभापतित्वमा भएको सो समारोहमा सांसद रामअशिष यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलगायलले बोल्नु भएको थियो ।

सो विद्यालय एसइइ दिइरहेका विद्यार्थीहरुले आफनो विद्यालयको विषयमा बोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार