आवत-जावत रोक्न बाटो बन्द (फोटो फिचर)

धनगढी । कोरोना भाइरसको सन्त्रासले कैलाली केही ग्रामीण भेगमा स्थानीयले आवतजावत रोक्न बाटो बन्द गरेका छन् । आफ्नो गाउँठाउँमा कोरोना भाइरसको संक्रमणलाई भित्र्न नदिन भन्दै सार्वजनिक बाटोमा ठूल–ठूला काठका मुढा तेस्राएर, तारजाली लगाएर तथा ढुंगा बिछ्याएर बन्द गरेका हुन् । धनगढी उपमहानगरपलिका वडा नम्वर १४ फुलवारीका युवाहरुले सडकमा मुढा तेस्राएर मानिसहरुको आवागमन कम होस् र कोरोना संकक्रणबाट गाउँ जोगियोस् भनि सडक अबरुद्ध गरेको बताए ।

कैलालीलगायत सुदूरपश्चिम प्रदेशका हरेक गाउँ शहर पनि लकडाउन नै छन् । तर कैलालीका केही ग्रामीण बस्तीहरुमा भने कोरोना भाइरसको सन्त्रास छुट्टै प्रकारको छ । कोरोना भाइरसबाट बच्न भनि भारत लगायतका ठाउँबाट ठूलो संख्यामा नेपालीहरु घर फर्केपछि उनीहरुमा कोरोनाको संक्रमण हुनसक्ने भनि स्थानीयले आफ्नो गाउँघरका सडकमा विभिन्न ठाउँठाउँमा मुढा तेर्साएर सार्वजनिक बाटो नै बन्द गरेका हुन् ।

‘भारतबाट नेपाल आएका नेपलीहरुमा कतै कोरोना पो छ की ? उनीहरुलाई चेकजाच गरेमात्रै गाउँमा प्रवेश गराउने हो,’ धनगढी उपमहानगरपालिकाका वडा नम्बर १४ का वडा अध्यक्ष रामबजारी थारुले भने, ‘कोही नयाँ मान्छे आयो भने चेकजाच गरेर मात्रै गाउँमा प्रबेश गराउने हो ।’ उनले कोरोनोका कारण स्थानीयहरु त्रसित भएकोले उनीहरुको घरमा गएर आवश्यक परामर्श समेत दिन थालेको बताए ।

स्थानीले गाउँमा ओहोरदोहर गर्दा कोराना भाइरसको संक्रमण हुन्छ की भन्ने सोचाइका कारण सडक नै जाम गर्न थाले पछि भारतबाट घर फर्केकाहरु र स्थानीयलाई घरमा सुरक्षित वस्न भनेर उचित परामर्श दिने गरेको सुरक्षाकर्मीहरुको भनाई छ ।
यतिखेर भारतबाट घर फर्किएका थुर्पै नेपालीहरु आफ्नो घरमा छन् । तर कतै उनीहरु असुरक्षित पो छन् की भन्ने स्थानीयमा चिन्ता र चासो बढिरहेकोले आफूले मिलेर बाटो बन्द गरेको फुलवारीका बीजय नेपालीले बताए ।

यस’bout जिल्ला प्रहरी कार्यालय कैलालीले ग्रामीण भेगमा बाटो नै अबरुद्ध गरेको खबर प्राप्त भएको र अहिले पूरै देश लकडाउन भएको छ । त्यस घटना ’bout बुझ्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो