अर्घाखाँची । अर्घाखाँचीमा जग्गा कारोबारमा ठगी गर्ने २ जना पक्राउ परेका छन । कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ बस्ने दिदीभाई सिता रेग्मी र मोविन रेग्मी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ का रामबहादुर बस्नेतले दिएको आर्थिक लेनदेनको विषयमा उजुरि पछि फरार भएका उनिहरुलाइ खोजतलाशको क्रममा प्युठानबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक मकुन्द रिजालले बताए ।
कपिलबस्तुको मोतिपुर भन्ने स्थानमा रहेको दश कट्ठा छ धुर जग्गा खरिदको लागि पिडित बस्नेतले १ करोड ३२ लाख ५५ हजार रुपँया दिएको र पटक पटक अनुरोध गर्दा समेत जग्गा नदिएको र पैसा पनि फिर्ता नदिएको पिडित बस्नेतको आरोप छ ।जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थपी थप अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)






