पढाउन छाडेर राजनीति गर्ने शिक्षक स्वीकार्य हुँदैन् : अध्यक्ष यादव

राजविराज । विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले विद्यार्थीको पठनपाठनमा समय दिनु पर्ने शिक्षक राजनीतितर्फ लाग्ने हो भने त्यो आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

शुक्रबार विष्णुपुर गाउँपालिका १ स्थित जनता मावि खुरहुरियामा आयोजित अभिभावक भेलामा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

विद्यालय सुधारका क्रममा हाल गाउँपालिका मातहतका विद्यालयहरुमा अनुगमन तिब्र बनाइएको जनाउँदै उनले अनुगमनका क्रममा पुग्ने टोलीलाई असहयोग गर्ने र विभिन्न बहाना देखाई भाग्ने शिक्षक आफ्नै पार्टी निकटको भएपनि नछाडिने र स्थानिय सरकारलाई प्राप्त अधिकार कडाईका साथ प्रयोग गर्ने उनले बताए ।

केही दिनअघि यस विद्यालयमा शिक्षा शाखाका पदाधिकारीसहितको टोली लिएर अनुगमनमा आउँदा पठनपाठनको अवस्था सन्तोषजनक नरहेको अधिकांश विद्यार्थी तथा अभिभावकल गुनासो गरेको उनले सुनाए । गुनासो आउने क्रम अझै जारि रहेपछि सम्बन्धीत दुई जना शिक्षकलाई स्पष्टिकरण सोधिएको उनले जानकारी दिए ।

अनुगमनका क्रममा विद्यालय पुग्दा “तपाईहरु गाउँपालिकाको विकास निर्माणको काममा समय दिनु पर्नेमा विद्यालयको निरिक्षणमा कीन समय खेर फाल्न आउनु भो ?” भन्दै स्पष्टिकरण सोधिएका ती शिक्षकहरुले उल्टै प्रश्न सोधेको उनले सुनाए ।

स्पष्टिकरणमा परेका शिक्षकहरु आफ्नो गल्ति त्रृटी सुधार्नुको सट शिक्षक संघ र युनियनमा सहयोगका लागि गुहार्न पुगेको र अनावश्यक बखेडा झिकेर विद्यार्थीको जिवनसँग थप खेलवाड गर्न खोजेको उनको आरोप थियो ।

उक्त विषयका ’boutमा समेत आक्रोस पोख्दै अध्यक्ष यादवले कार्यक्रममा भने, बरु गाउँपालिकाबाट अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं, तर, पढाउन छाडेर राजनीति गर्ने शिक्षक कुनै हालतमा स्विकार्दैनौं । उनले जिल्लाको पुरानो मध्येका एक यस विद्यालयलाई नमूना विद्यालयको रुपमा स्थापित गर्न आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

वडा अध्यक्ष बलराम यादवको अध्यक्षतामा आयोजित अभिभावक भेलालाई प्रधानाध्यापक अशोक कुमार यादव, शिक्षक महिनारायण यादव, पूर्वप्रअ रामनारायण यादव, विद्यालय ब्यवस्थापक समितिका पूर्वअध्यक्ष ओमप्रकाश यादव, अभिभावक विष्णुकान्त यादवलगायतले विद्यालयको पठनपाठन तथा सुधारका लागि आ–आफ्नो सुझाव दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली