प्लास्टिक झोला, पर्यावरण र जनस्वास्थ्य

काठमाडौंमा मात्र दैनिक ४ लाख ७० हजारदेखि ४ लाख ८० हजार प्लास्टिकका झोला दैनिक प्रयोग हुन्छ । नेपालमा १६ प्रतिशत सहरी फोहोरमैला प्लास्टिकजन्य उत्पादनका हुन्छन् जसबाट २ दशमलव ७ टन दैनिक प्लास्टिकजन्य फोहोर मैला निस्कन्छ । यदि हामी दैनिक तहमा हे¥यौं भने अनुसनधानकर्ताको दाबीअनुसार जनसमुदायले आजसम्म एक एक करोड टन प्लास्टिक उत्पादन गरेका छन् । जसमध्ये धेरैजसो प्रकृतिमा विलिन भएर जान्छन् । जसले मानव समुदाय तथा पर्यावरणलाई हानि पु¥याउँछ ।

मुलुकका मुख्य महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका जस्ता मुख्य राजमार्गमा खुलेका होटेल रेस्टुरेन्ट रिसोर्ट प्लास्टिकजन्य फोहोरमैला उत्पादनका लागि मुख्य जिम्मेवार मानिन्छन् । एक अनुमानअनुसार उत्पादित प्लास्टिकजन्य फोहोरमैलामध्ये आधा मात्र उचित तरिकाले तह लगाइन्छ । बाँकी हाम्रा महानगर, उपमहानगर, नगरको चोक गल्ली बाटामा छरपस्ट छरिएर रहेको देख्न सकिन्छ । नेपालभरि वर्षमा ५६ लाख प्लास्टिकको फोहोर उत्पादन गर्ने लाजमर्दो क्षमता राख्दछ तर त्यसमध्ये लगभग आधा प्लास्टिकको फोहोर राम्रोसँग संकलन हुन पाउँदैन । जसको परिणामस्वरूप हाम्रा नदीहरू पर्यावरण तथा परिस्थितिकीय तन्त्र दिनानुदिन गम्भीर रूपबाट विषाक्त हुँदै गइरहेको छ ।

वास्तवमा प्लास्टिकको फोहोरले एक्लै नेपाल मात्र पीडित छैन बरू यसले विश्वमै समस्या रहेको देखिन्छ । संयुक्त राष्ट्र संघको तथ्यांकले यसको विभीषिका वर्णन गर्दछन् । आज सम्पूर्ण विश्वप्रति वर्ष १० खराब प्लास्टिक झोला प्रत्येक मिनेट प्रयोग गरेर बाहिर फ्याकिन्छन् । प्रस्ट छ कि यिनका अधिकांश हिस्सा न त प्रयोग नै गर्न सकिन्छ । प्रश्न यो छ कि यो फोहोरको त्यो भाग जुन संकलन हुँदैन आखिरमा जान्छ कहाँ त ? वास्तवमा यो फोहोर हाम्रो धरतीमा धस्सिरहेको हुन्छ जहाँ यो सयौं वर्षसम्म नष्ट नभई बसिरहन्छ र यस धरतीमा बाँचिरहेका अमूल्य एवं दुर्लभ पशुपक्षी, मानिस र बोटबिरुवामा समस्या देखिएको छ । यसको धेरैजसो हिस्सा नदीनाला हुँदै हाम्रा महासागरमा जाने गर्दछन् ।

वास्तवमा यो सब पछिल्लो केही दशकबाट भइरहेको छ र यो सबै फोहोर महासागरमा गएर जम्मा हुँदै गइरहेको छ । महासागरको स्थिति पनि यस प्रदूषणले गर्दा धेरै विस्फोटक र विनाशकारी हुँदै गइरहेको छ । सम्ववतः अधिकांश वैश्विक जगत् र आधुनिक मानव समाजलाई यो सास छैन कि यो सम्पूर्ण सभ्यता नै पर्यावरण प्रदूषणरूपि ज्वालामुखीको मुहानमा बसेको छ । फलफूल तथा तरकारी केटाकेटीको दूध खाने बोतल, पिउने पानीको बोतल, कोल्ड ड्रिंसको बोतल तथा अन्य पदार्थहरू पूर्णरूपमा प्लास्टिकमा निर्भर छन् । समयको साथसाथै यी प्लास्टिकबाट विषफिनोल रसाउन थाल्छ र यी पदार्थ मिसियर हाम्रो शरीरमा पुग्दछ । प्लास्टिकले हाम्रो शरीरमा हुने उपस्थिति कैयौं पुस्ताहरूसम्म आफ्नो कुप्रभाव फैलाउन सक्षम भइरहन्छ । प्लास्टिकजन्य फोहोरमैला आज विश्वकैसामु परमाणुअस्त्रको प्रयोगभन्दा कैयौं अधिक ठूलो खतरा भएर आएको देखिन्छ ।

महासागरमा कुल ५० लाख वर्गमाइलको सतहमा विस्फोटक बन्दै गएको प्लास्टिकजन्य फोहोर तैरिरहेको छ

हावा र पानीबाट बनेको यस्तो प्राकृतिक भुमरी हो । जुन उत्तरी गोलाद्र्धमा घडीको सुइहरूको दिशामा घुम्दछ र दक्षिणी गोलाद्र्धमा विपरीत दिशामा यी भुमरीहरूको गति आफंै माध्यमबाट सुस्त हुन्छ र यो त्यही ठाउँ हो जहाँ हाम्रो सारा प्लास्टिक जम्मा भइरहेको छ । हाम्रो बैखिक महासागरमा जम्मा पाँच गायरहरू छन् र यिनमा सबैभन्दा ठूलो गायर हो ‘ग्रे प्यासिफिक फोहोरमैला क्षेत्र ।’ यस गायरको कुल क्षेत्र १४ लाख किलोमिटर छ र यो सम्पूर्ण विश्वले फ्याँकेको प्लास्टिक फोहोरलाई एकीकरण गर्ने सबैभन्दा ठूलो केन्द्र मानिन्छ । आज हाम्रा महासागरमा कुल ५० लाख वर्गमइलको सतहमा प्लास्टिककको फोहोर तैरिरहेको छ । यो एउटा विस्फोटक स्थिति हो । जुन निरन्तर बढोत्तरी हुँदै छ ।

प्लास्टिक फोहरको दुष्परिणाम
वास्तवमा प्लास्टिकजन्य फोहोर बडो जटिल हुन्छ र यो कहिल्यै पनि नष्ट हुँदैन । यो विनास नहुने घातक फोहोरका कारण लगभग १ लाखभन्दा बढी दुर्लभ समुन्द्री जीवप्रति वर्ष मारिन्छन् र १० लाखभन्दा बढी समुन्द्रमा कुल ६० हजार भन्दा बढी प्लास्टिक झोला हर समय तैरिरहेको हुन्छ । जुन, प्लास्टिकको फोहोरलाई रिसाइक्लिङ गरिन्छ । त्यसमा हजारौं रुपैयाँ प्रतिटन खर्च लाग्दछ । जुन त्यसको वास्तविक मूल्यभन्दा धेरै बढी हुन जान्छ । यसैले जुन फोहोर रिसाइकिलिङ हुन्छ त्यसको कुनै ठूलो लाभ पर्यावरणलाई प्राप्त हुँदैन । एक अध्ययनका अनुसार बिसफेनोल जसबाट प्लास्टिक बन्छ । प्रत्येक केटाकेटी युवा वृद्धको शरीरमा पाइन्छ ।

आज फलफूल, तरकारी बच्चाले दूध खाने बोतल, पानीका बोतलहरू, कोल्ड ड्रिंसका बोतलहरू र अन्य खाद्यपदार्थहरू सम्पूर्णरूपमा प्लास्टिकमाथि निर्भर छन् । समयको साथ साथ यी प्लास्टिकका वस्तुहरूबाट बिसफेनोल रसाउन थाल्दछ र यी पदार्थमा मिसिएर हाम्रो शरीरमा पुग्दछ । प्लास्टिक हाम्रो शरीरमा हुने उपस्थिति कैयौं पुस्तासम्म आफ्नो कुप्रभाव फैलाउन सक्षम हुन्छ । प्लास्टिकजन्य फोहर आज विश्वका सामु परमाणु अस्त्रको प्रयोगभन्दा कहीं अधिक ठूलो खत्रा भएको छ । यो एउटा विकराल समस्या हो ।

हामीमध्ये प्रत्येकले यो दायित्व निभाउनु पर्ने छ कि जहाँसम्म सम्भव हुन्छ प्लास्टिकको उपयोग नगरौं । प्लास्टिकजन्य फोहोर फैलिन नदिऊँँ । पर्यावरणका लागि धेरै नोक्सान पु-याउने प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउन कानुनतः पहिले पनि बनाइएको छ तर यसको उपयोग प्रभावकारी हुन सकेको छैन । प्रत्येक नागरिकलाई प्लास्टिकको दुरूपयोगबाट हुने खतरा’bout सचेतना गराउनुपर्ने हुन्छ र यो पनि आवश्यक छ कि प्लास्टिकको उत्पादनमा तत्काल प्रभाव हुनेगरी पूर्णप्रतिबन्ध लगाइयोस् ।

प्लास्टिकजन्य फोहोर बाल्दा निस्कने विषालु ग्यास कैयौं प्रकारका बिमारीको कारण बनिरहेको छ र पर्यावरणलाई पनि ठूलो नोक्सानी पु-याइरहेको छ

बढ्दो जनसंख्या र नियोजित एवं अदूरदर्शी औद्योगिक विकासका कारण पूरा देश प्लास्टिकजन्य फोहरको थुप्रो बढ्दै छ । केहीकतै कुनै योजना छैन । देशको नागरिकमा न त यस सन्दर्भमा आवश्यक जागरुकता नै छ र न त कुनै सजग र सर्तक प्रशासनिक यन्त्र । सहरबाट प्रतिदिन निस्कने हजारौं टन फोहर धरतीका लागि खतरा बनिरहेको छ । सडक किनार सर्वत्र फ्यालिएको छरपस्ट फोहरले पर्यावरणलाई नोक्सान पु-याइरहेको छ ।

यसबाट निस्कने धुवाँले पर्यावरणलाई मात्र नभई जनसमुदायका लागि पनि खतरा बन्दै छ । प्लास्टिकजन्य फोहोर बाल्दा निस्किने विषालु ग्यास कैयौं प्रकारका बिमारीका कारण मात्र बन्दैन बरू पर्यावरणलाई पनि ठूलो नोक्सान पु¥याउँदछ । यो धुवाँ ती मानिसका लागि विशेष रूपले खतरनाक हुन्छ जो श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुन्छन् । सबैभन्दा खतरनाक स्थिति यो छ कि जमिनमा रहेको प्लास्टिकजन्य फोहर वर्षातको पानीमा मिसियर भूतलसम्म ती खतरनाक रसायन पु¥याउँदै छ जुन मानव जातिका लागि विनासक सिद्ध हुन सक्छ । यो रसायनले पछि भूजललाई पनि विषाक्त बनाउँदै जानेछ ।

नेपालमा आज यस्तो प्रतीत भइरहेको छ मानौं आकाशदेखि लिएर पातालसम्म सर्वत्र फोहरमैलाको नै एकछत्र रामराज्य छ । गन्दगीको यस आतंकबाट मुक्तिको कहीकतै कुनै बाटो देखिइरहेको छैन । वास्तवमा जुन बाटो बाँकी छ त्यसमा अनुशासनपूर्वक हिंड्नका लागि समझ र सामथ्र्य देशमा अझै देखिएको छैन ।

अझै पनि यस समस्या’bout राज्यको नीतिनिर्माण कार्यान्वयन तहका साथै सबै सरोकारवालाले नसोच्ने हो भने आउँदा दिनमा यसको दुष्परिणाम आजको पुस्ताले मात्र होइन भावी पुस्ताले पनि भोग्नुपर्ने हुन्छ, भनिन्छ आगोले कसैलाई पनि चिन्दैन, दैत्य, राजा र रंकलाई पनि ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली