स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्रीको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्युठान । स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्रा बोकेको कार दुर्घटना भएको थियो । लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला अस्पताल प्युठानले जनाएको छ । अस्पताल ल्याइपुर्‍याउँदा सबैको ज्यान गइसकेको अस्पतालले जनाएको छ । उनीहरूको सनाखत हुन भने बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो