डेमोक्रेसीको आवरणमा जेरेन्टोक्रेसी

वृद्घहरूले चलाउने शासन व्यवस्थालाई जेरेन्टोक्रेसी भनिन्छ । जेरेन्टोक्रेसीलाई अर्को शब्दमा वृद्घराज पनि भन्ने गरिन्छ । नेपालको राजनीतिमा ७० देखि ८० को दशकमा जीवनको यात्रा गरिरहेका दलका शीर्ष नेताहरूले आआप्mना दलमा पकड जमाइरहेका छन् । यिनीहरूले नयाँ पुस्ताका युवा नेताहरूलाई सक्षम नै भए तापनि शीर्ष पदहरू हस्तान्तरण गर्न चाहँदैनन् । दलका अध्यक्ष, सभापति वा संसदीय दलको नेतालगायतमा शीर्षहरूकै हालीमुहाली छ । यति मात्र होइन, आधा दर्जन नेतागणको निर्णयका आधारमा देश चलिरहेको छ । सांसदको टिकट वितरण गर्नेदेखि लिएर संवैधानिक निकायका प्रमुखहरू, राजदूतहरू, विश्वविद्यालयका भीसी, रिडर, डिन, उपकुलपतिलगायतका उच्च पदमा राजनीतिक दलका शीर्षको तजबिजले काम गरेको छ । फलत राइट म्यान इन राइट प्लेस हुन सकेको छैन । मेरिटोक्रेसी छायामा परेको छ ।

त्यसो त देशका ठूला दलका नेतृत्वगणले प्रजातन्त्रका लागि लामो संघर्ष गरेका छन् । जेल, नेल, कष्ट, युद्घ आदि इत्यादिमा ठूलो त्याग र बलिदान दिएका छन् । यो अग्रज पुस्ताको नेतृत्वलाई निर्मम तरिकाले आलोचना मात्र गर्नु वा अवमूल्यन गर्नु राजनीतिक इतिहासलाई सही मूल्यांकन गर्न नसक्नु ठहरिन्छ । तथापि, यो पुस्ताबाट देशले निकास पाउन नसकेको सबैको अगाडि छर्लंग छ । विधिको शासनमा देश चल्न सकेन । केवल राजनीतिक व्यवस्था परिवर्तन गर्नु मात्र जानताको चाहना थिएन । एक थान नयाँ संविधानको किताब मात्र नेपाली जनताको माग थिएन । नेपाली समाजले यो अनुभवी पुस्ताको नेतृत्वमा विकास र समृद्घि चाहेको थियो । तर, दलका उच्च तहका नेतागणले जनचाहना बेवास्ता गरी मन चाहनामा रमाउन पुगे । प्रजातन्त्र आमजनताका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात भनेझैं भयो । जनताको अवस्थामा सुधार हुन सकेन ।

त्यसो त राजनीतिमा उमेरले धेरै प्रभाव पार्दैन भन्ने गरिन्छ । उमेरले पाको भए तापनि नेतृत्वमा देश, काल, परिस्थितिलाई बुझेर जनहितमा काम गर्न सकेमा उमेरले अझै परिपक्वता दिन पनि सक्छ । अमेरिकामा पनि उमेरले ८० वर्ष वरिपरिका राष्ट्रपछि छन् । मलेसियामा महाथिर मोहम्मदले ९० वर्ष हँुदा पनि रचनात्मक र सिर्जनात्मक तरिकाले देशको विकास गरे । परन्तु, हाम्रो देशको सन्दर्भमा प्रजातन्त्रका सञ्चालक उमेरले मात्र होइन, चिन्तन र कार्यशैलीमा पनि आउटडेटेड भएको अनुभव हुन्छ । पालैपालो सरकारमा जाने दलका शीर्ष नेतृत्वले न त आप्mनो दल नै चलाउन सकेका छन् । न त देशलाई नेतृत्व दिन सकेका छन् । राजनीतिमा देश र जनताको आवश्यकता बुभ्mन नसक्ने नेतृत्व आउट्डेटेड हुन्छ । यस्तै, भइरहेको छ ।

अहिले देशमा नगरी नहुने काम भनेको भ्रष्टाचार नियन्त्रण र सुशासनको हो । यसैगरी कृषिमा आधुनिकीकरण, औद्योगीकरण, रोजगारीको सिर्जना, महँगी नियन्त्रण, शिक्षामा सुधार, प्रशासनतन्त्रमा रूपान्तरणजस्ता कार्यहरू प्राथकिताका विषय हुन् । अहिलेको नेतृत्वबाट उल्लेखित क्षेत्रको सुधार हुन्छ भन्नेमा जनविश्वास छैन । विकासवादी भन्छन्, ‘हरेक दलका शीर्ष भनिने नेताहरूसँग देश बनाउने भिजन नै छैन । आप्mनो दल त चलाउन नसक्नेहरूले कसरी देश चलाउन सक्छन् ? राजनीतिक शास्त्रीहरू भन्छन्, हाम्रा नेताजी राजनीतिज्ञ मात्र भए, विकास विज्ञ हुन सकेनन् ।’ प्राज्ञिकहरू भन्छन्, ‘राजनीतिक हस्तक्षेपकै कारण शिक्षा क्षेत्र लथालिंग भयो । विश्वविद्यालयहरू गुणस्तरी तथा अनुसन्धानका केन्द्र हुने कुरा त धेरै टाढाको कुरा क्यालेन्डरअनुसार परीक्षा गर्न र नतिजा प्रकाशन गर्नसमेत नसकेको अवस्था छ । उद्योगपतिहरू भन्छन्, ‘देशमा लगानीमैत्री वातावरण छैन ।’ राज्यले उद्योगपतिका पिर मर्का सुन्दैन, बुभ्mदैन । किसान भन्छन्, ‘सरकारले कृषिमल समेत दिन सक्दैन,’ यस्तै हरेक क्षेत्रमा असन्तुष्टि व्याप्त छ ।

पालैपालो सरकारमा जाने दलका शीर्ष नेतृत्वले न त आफ्ना दल चलाउन सकेका छन् न त देशलाई नेतृत्व दिन

त्यसो त प्रजातन्त्रको ३२ वर्ष र गणतन्त्रको १७ वर्षको उपलब्धि हेर्ने हो भने देशमा केही पनि विकास भएको छैन भन्नु सत्य होइन । प्रजातन्त्रको पुनस्र्थापना पछाडि ठूलो संख्यामा विद्यालय स्थापना भएका छन् । देशमा दर्जनभन्दा बढी विश्वविद्यालयहरू सञ्चालनमा छन् । सञ्चारको क्षेत्रमा ठूलो प्रगति भएको छ । सडकहरू बनेका छन् । खाने पानीको अवस्थामा पनि पहिलेको तुलनामा सुधार भएको तथ्यांक छ । विद्युत् उपयोग गर्ने जनसंख्यामा उल्लेख्य वृद्घि भएको छ । तथापि, नेपाली जनताको जीवनस्तरमा अनुभव गर्न सकिने सुधार भएको छैन । भ्रष्टाचार व्याप्त छ । ठुलाठुला भ्रष्टाचारका प्रकरणमा शीर्ष नेता र यिनीहरूका परिवारजनका नाम जोडिने गरेका छन् । राष्ट्रिय एकता कमजोर भएको छ । जातीय र क्षत्रीय चिन्तनको मनोविज्ञान झाँगिएको छ । युवाहरू विदेसिएका छन् । कृषि उत्पादन घट्दो छ । राजनीतिक अस्थिरता छ । प्रशासनतन्त्र पुरानै शैलीमा छ । यसरी हेर्दा देशका समस्या समाधान गर्न राजनीतिक नेतृत्व असफल देखिन्छ ।

ठूला राजनीतिक दलका नेतागणमा पटक्कै मेलमिलाप छैन । सत्ता र भत्ताका लागि यिनीहरूले जस्तोसुकै सम्झौता गर्न पनि पछि हट्दैनन् । स्वार्थमा निर्लिप्त भएकामा कसरी राजनीतिक सिद्घान्त, विचार र निष्ठा हुन सक्छ ? राजनीतिक इमान र आचरणलाई धज्जी उडाउने काम शीर्ष भनिने नेताहरूबाट नै हुने गरेको छ । राजनीतिमा सक्षम नेतृत्व नै छैन भन्ने कुरा सत्य होइन । तर, इमानदारले अवसर नै पाउँदैनन् । हरेक राजनीतिक दलमा कार्यकर्ताको ठूलो जमात शीर्ष नेताहरूले जे काम गरे पनि विरोध नगर्ने र उनीहरूकै कृपाले सत्ता र भत्तामा पुग्न प्रतीक्षामा रहेको देखिन्छ । देशको ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा भने कार्यकर्ताहरू शीर्ष नेताहरूको कार्यशैलीप्रति असन्तुष्ट रहेको आवाज सुनिँदै आएको छ । कांग्रेसका महामन्त्रीले र भर्खरै भएको जिल्ला सभापतिहरूको भेलामा पनि नेतृत्वको कार्यशैली परिवर्तन हुनुपर्ने विचार दरो खरोतवरले आयो । तथापि देउवाराजको सञ्जाल तोड्न भने त्यति सहज देखिँदैन ।

नेपाली कांग्रेस, एमाले, माओवादी र मधेसवादी पार्टीका शीर्ष नतृत्व साम, दाम, दण्ड भेद लगाएर भए पनि सत्तामा टाँसिन लालायित छन् । सचेत नागरिक भन्छन्, ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनतन्त्र आदि इत्यादिका शब्द शब्दजालमा जनतालाई पार्ने काम भई रहेको छ । तीन दशकदेखि उनै नेता, उही प्रवृति, उही कार्यढाँचा । शीर्षका नाममा वृद्घ नेताहरूले सत्ताका लागि अलोकतान्त्रिक क्रियाकलाप गरिरहेका छन् । जनताले सही रहेका छन् । कार्यकर्ताले ताली पड्काइ रहेका छन् । यस्तो प्रवत्ति डेमोक्रेसीमा सुहाउने कुरा होइन ।’

राजनीतिक निष्ठा, सिद्घान्त, अनुभव, संघर्ष गरेका र अग्रज पुस्ताबाट पाठ सिकेका परिपक्व सक्षम व्यक्ति एवं व्यक्तित्व देशले कहिले पाउला

देशमा विकास भएन । सुशासन हुन सकेनन् । राजनीतिक नेतृत्व असफल भयो भन्ने बहस चलेको दसकांै बितिसक्यो । तर, प्रजातन्त्र आएपछि नेतृत्वमा रहेका अहिलेका शीर्ष भनिने नेतागणले नै राजनीतिक दल र सरकार चलाइरहेका छन् । कार्यकर्ताहरूले गणेश परिक्रमा गरिरहेका छन् । नेपाली जनताले यिनै नेतालाई पटकपटक मतदान गरिरहेकै छन् । एकातिर नेपाली समाजमा भएको परिष्कृत राजनीतिक चेतनाको अभाव र अर्कोतिर आप्mना नेताले जे गरे पनि ठीक देख्ने कार्यकर्ताको प्रवृत्ति प्रजातन्त्रको ऐंजेरु हो । प्रजान्त्रिक चिन्तन र अभ्यास होइन ।

नयाँ पुस्ताले प्रजातन्त्रको महत्व र संघर्ष’bout अवश्य पनि अग्रज पुस्ताबाट प्रेरणा लिनुपर्छ । तर, वास्तविकता यो कि तीन दसकसम्म सत्तामा पालैपालो हालीमुहाली गर्दा पनि देशका समस्या समाधान गर्नुको सट्टा झन् नयाँ किसिमका समस्या सिर्जना गर्ने यो अग्रज पुस्ताबाट देशको विकास र सुशासन सम्भव छैन भन्ने कुरा बुभ्mन जति ढिला ग¥यो त्यति देश बर्बाद गर्नु हो । यो पुस्ताको राजकाजलाई धेरैले मन पराएका छैनन् । यो वा त्यो माध्यमबाट जनताले असन्तोष व्यक्त गरिरहेका छन् ।

अन्त्यमा डेमोक्रेसीको आवरणमा जरेन्टोक्रेसीको पट्यारलाग्दो राजनीतिक कर्म नेपाली समाजले कतिसम्म बेहोर्नुपर्ला ? अग्रजको कार्यशैलीमा चित्त बुझाउन नसकिरहेको अवस्थामा नयाँका नाममा असक्षमलाई मतदान गर्नु पनि अराजनीतिक अभ्यास हुन्छ । राजनीतिक निष्ठा, सिद्घान्त, अनुभव, संघर्ष गरेका र अग्रज पुस्ताबाट पाठ सिकेका परिपक्व राजनीतिक दलका सक्षम व्यक्ति एवं व्यक्तित्वको नेतृत्व मुलुकले कहिले पाउला ? नेपाली मतदाताले यस्तो व्यक्ति वा व्यक्तिलाई कहिले मतदान गर्लान् ?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली