फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथर । सदरमुकाम फिदिम बजारस्थित शनि’boutमा बुधबार बिहान टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम नगरपालिका–६, सिवा फेदायककी ५५ बर्षीया हरिमाया तुम्रोक रहेको प्रहरीले जनाएको छ । फिदिम–६, सिवाबाट फिदिम बजारतर्फ आउदै गरेको प्र १–०१–००१ स ८७०५ नम्बरको टेम्पो बिहान साँढे नौ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी टेम्पोमा सवार फिदिम–६, का ३६ बर्षीया वशन्ती लिम्बू, १७ बर्षीय सन्देश लिम्बू, टेम्पो चालक सोहि ठाउँका २५ बर्षीय दिपक लिम्बू र फिदिम–७, का १६ बर्षीय कुशल लिम्बू घाइते भएका छन् ।

घाइतेहरुको जिल्लास्थित समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार टेम्पो अनियन्त्रित भई सडक छेउको बिजुली खम्बामा ठोक्किएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग