कोशी प्रदेशसभाको बैठक अनिश्चित

विराटनगर । कोशी कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाइएको कोशी प्रदेशसभाको बैठकमा उपसभामुख सहित ८ जेष्ठ सांसद अनुपस्थित हुने जानकारी गराएपछि बैठक नै अनिश्चित भएको छ ।

नेकपा एमाले र राप्रपाका सांसदहरुले अनुपस्थित हुने भएपछि दिउँसो १२ बजेका लागि राजनीतिक दलका प्रतिनिधिहरुले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले काँग्रेस सांसद मोहमद इसराइल मनसुरीलाई बैठकको अध्यक्षता गर्न तोकेकाले प्रदेशसभा सचिवालयले कानुनी परामर्श थालेको छ ।

गत साउन १६ गते सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि उपसभामुख दनुवारले बैठकको अध्यक्षता गर्दै आएकी थिइन । तर आजका लागि तोकिएको बैठकमा सभामुख र उपसभामुख दुबै अनुपस्थित हुने भएपछि अन्यौलता बढेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न