पुत्र बियोगमा रहेका कलाकार सानु ताम्राकारको निधन

काठमाडौं । अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ । अभिनेता  सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएको पत्रकार प्रदिप कार्कीले जानकारी दिए । ७५ बर्षिया ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए । शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका थिए ।

उनको निधनसँगै पुत्र बियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।  उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम