अन्नपूर्ण पोस्टको पक्षमा उच्चको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अन्नपूर्ण पोस्टमा प्रकाशित समाचारविरुद्ध प्रकाशक रामेश्वर थापालाई नागरिक उडड्यन प्राधिकरणले सोधेको स्पष्टीकरणविरुद्ध अन्तरिम आदेश दिएको छ । थापा जिम्मेवार संयन्त्रमा रहँदा नै अप्रेसन आवरलाई लिएर अन्नपूर्ण पोस्टमा समाचार छापिएको विषयमा प्राधिकरणले प्रश्न उठाएपछि त्यसविरुद्ध सिम्रिक एयर लिमिटेडले उच्च अदालतमा रिट दायर गरेकोे थियो । जसको सुनुवाइ गर्दै न्यायाधीश रमेश ढकालको इजलासले विपक्षी प्राधिकरणलाई स्पष्टीकरण नसोध्न अन्तरिम आदेश दिएको हो ।

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न नागरिक उड्डयनलाई निर्देशन

सञ्चार माध्यममाथि प्रतिशोध साँधेर वैैरभाव राख्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई प्रकाशित समाचारको विषयमा छानबिन र कारबाही गर्ने अधिकार नरहेकाले विपक्षी प्राधिकरण र महानिर्देशकले गरेको निर्णय र पत्राचार प्रथम दृष्टिमा नै गैरकानुनी, अवैध र दुराशयपूर्ण देखिएको अदालतको आदेशमा उल्लेख छ ।

प्राधिकरणको निर्णय र पत्रको कार्यान्वयन हुन गएमा नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतामाथि नै अनुचित हस्तक्षेप हुन जाने देखिएकाले सो निर्णय र पत्रको कार्वान्वयनलाई रोक्नु वाञ्छनीय देखिएको अदालतको आदेशमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारका प्रवक्ताले आज पत्रकारहरूसँग राजनीतिक विषयमा अन्तरक्रिया गर्ने