चन्द्रनगरमा १६ सय विधार्थीलाई टिफिन बक्स

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जङ्कफुड निरुत्साहित गर्न सामुदायिक विधालयहरुमा टिफिन बक्स वितरण भइरहेको छ ।

विधालयमा जङ्कफुड (पत्रु खाना) निरुत्साहित गरी बालबालिकाहरुलाई घरमा तयार गरिएको खाजा खानेबानीको विकास गरी विधार्थीहरुको पोषण, स्वास्थ्य र शिक्षण सिकाई सुधारको लागि चन्द्रनगर गाउँपालिकाको आर्थिक सहयोगमा १ टिफिन बक्स वितरण भैरहेको छ ।

चन्द्रनगर गाउँपालिकाका सामुदायीक विधालयका कक्षा ६ देखि कक्षा १२ सम्मका १ हजार ६ सय विधार्थीलाई “टिफिन बक्स वितरण हुने गाउँपालिकाले जनाएको छ । बाल विकास देखि कक्षा ५ सम्मका विधार्थीलाई विधालयमा नै दिवा खाजाको व्यवस्था हुने भएकोले कक्षा ६ देखि कक्षा १२ सम्मका विधार्थीलाई मात्रै”टिफिन बक्स वितरण भइरहेको गाउँपालिकाले जनाएको छ ।

हालसम्म वडा नं २ मा रहेको दुर्गा खोभारी जन्ता माविमा अध्यनरत करिव ६ सय ७५ विधार्थीलाई र वडा नं १ मा रहेको जन्ता माविमा करिव २ सय पचिस विधार्थीलाई “टिफिन बक्स वितरण भैसकेको चन्द्रनगर गाउँपालिका शिक्षा शाखा प्रतिनिधि देनकुमार महतोले जनाए ।

आज मात्रै वडा नं ६ स्थित रहेको मरिचमान माविमा करिव ४ सय १७ जना विधार्थीहरुलाई “टिफिन बक्स वितरण भएको छ । मरिचमान माविका प्रधानाध्यापक लालबाबु यादवले विधार्थीहरुलाई टिफिन बक्स नहुदा टिफिन समयमा छात्र तथा छात्राहरू घरमा खाजा खान गएपछि अधिकांश विधार्थी पुन विधालयमा नआउने गरेको जानकारी दिए ।

यो टिफिन बक्सले विधार्थीहरु अब पुरै घण्टी विधालयमा रहने वातावरण बनाउने भएको हुदा टिफिन बक्स वितरण कार्य सराहनीय भएको उनले बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष राजकुमार महतोले बिस्कुट डढेको तेलमा पाकेका खानेकुरा, चाउचाउलगायत बाहिरको खानेकुराले विधार्थीहरुको स्वास्थ्य समस्या देखिने गरेको हुदा घरको ताजा खाना खाजा ल्याउनलाई टिफिन बक्स वितरण भैरहेको बताए । सरकारी स्तरबाट यो मधेश प्रदेशमै टिफिन बक्स वितरण पहिलो पटक भैरहेको अध्यक्ष महतोले दावी गरे ।

टिफिन बक्स हाल सममा ३ वटा माविमा वितरण भैसकेको र वडा नं ३ स्थित राम जन्ता आधारभुत विधालय बर्कुर्वा तथा वडा नं ५ मा रहेको अरनिको जन्ता आधारभुत विधालय मोहनपुरमा वितरण गरिने छ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह