खुर्कोटका स्टाफ होटल गुणस्तरहिन

सिन्धुली । जिल्लामा दशैं तिहार लक्षित अनुगमन होटलतर्फ केन्द्रीत भएको छ । यात्रुहरुलाई खानामा गुणस्तरीयता कायम गर्नका लागि विपी राजमार्ग र मध्यपहाडी राजमार्गको संगम स्थल रहेको खुर्कोट बजारमा अनुगमन गरिएको छ ।

राजमार्गका होटलमा अनुगमन

चाडवाड लक्षित अनुगमनलाई जिल्लाका मुख्य बजार क्षेत्रमा सक्रिय बनाएको अनुगमन टोलीले विहिबार खुर्कोटका होटलमा गरेको अनुगमनमा स्टाफ होटलहरुमा गुणस्तरहिन खाना खुवाउने गरेको र सरसफाईको अवस्था समेत कमजोर रहेको पाईएको जनाएको छ ।

यी होटलहरुमा बासी खाना, झिंगा रहेको खाना बेचिरहेको पाईएको छ भने खानालाई व्यवस्थित भण्डारण नगरिएको, छोपेर नराखेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन सिन्धुलीका प्रमुख पुष्पलाल राईले बताएका छन ।

राईका अनुसार खुर्कोटका केहि होटलहरुमा गुणस्तरहिन तेलको प्रयोग गरिएको समेत पाईएको छ । तेलमा २५ भन्दा बढी टिपिएम भएको खाने तेल प्रयोग भएको भेटिएकाले तीनवटा होटलको खाने तेल नष्ट गरिएको राईले बताए ।

आधुनिक होटल एण्ड लज, होटल सारा एण्ड गेष्ट हाउस र होटल दाजुभाई एण्ड भोजनालयमा तेल गुणस्तहिन प्रयोग भएको पाईएको हो ।

यस्तै अनुगमनका क्रममा दर्ता विना चलेको होटल भिलेज एण्ड लजको कारोबार बन्द गरिएको छ । उक्त होटललाई व्यवसाय दर्ता गरेर मात्र होटल सञ्चालन गर्न पाउने गरि बन्द गरिएको हो ।

अनुगमन समितिले खुर्कोटका १६ वटा होटल र एक बेकरीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा खाद्य अनुज्ञा पत्र नलिएको मुस्कान बेकरीलाई १५ दिनभित्र खाद्य अनुज्ञापत्र लिन निर्देशन समेत गरिएको छ । उक्त बेकरी पनि अव्यस्थित रुपमा सञ्चालन भएको पाईएको छ । उत्पादित खाद्य सामग्री व्यवस्थित नभएको, सरसफाई नभएको, भण्डारण गर्ने स्थान व्यवस्थित नभएको भन्दै व्यवस्थित गर्न सुझाव समेत दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, होटल व्यवसायी संघका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा