आयो त दसैं

हरेक वर्ष आउने गरेको दसैं यसपालि पनि आइसकेको छ, तर नेपालीमा मुस्कान देखिन्न । इजरायलको वितण्डा अनि बझाङको भूकम्प, अफगानिस्तानको दर्दनाक अवस्था, धेरै नेपाली डायस्पोरामा रहिरहँदा हाम्रो अर्थतन्त्र धेरै तिनकैै रकम विप्रेषणले चलेको छ । सहर दसैंभरि गाउँ पस्नेछ, टिकट काट्नेको लर्को छ बसपार्कमा । गाउँबस्ती उजाड गर्दै सहर पसेका तमाम नेपाली गाउँ पस्ने छन् । तर, खाडीमा पस्नेले प्रायः उतै मान्लान् दसैं तर महान् चाड दसैं मात्रै होइन आमचुनाव भइरहँदा पनि देशबाट निस्कने नेपालीको संख्या गनिसाध्यै छैन हिजोआज, होइन धेरै वर्ष भइसक्या छ ।

राजनैतिक प्रणालीले सिंहदरबार गाउँमा गयो भन्यो तर सिंह गएछ, त्यता दरबार त शीतलनिवास, बालकोट, बालुवाटार, भैंसेपाटी र खुमलटारतिरै बसेछ । दसैंमै नेपाली भोकै परे भने अघि राजा महिन्द्र मल्लले धुरीबाट निस्केको धुवाँपछि मात्रै आपूmले खाना खाने गरेको इतिहास के होला ? सुपथ मोलका पसल कति घण्टा चल्लान् बा कहाँ चल्लान्, पोहोर त उदाउँदै ती अस्ताइसकेका थिए ।

दसैं आउँदा पनि मेलम्ची उठ्न नमान्ने विकासे परियोजना कहिल्यै पूरा नहुने देशमा भोक, रोग र शोक धेरै छ, गरीबीले जनजीवन आक्रान्त छ, दसैंको मुखैमा अरू देशमा ग्यासको भाउ घट्छ, यहाँ त्यसको ठीक उल्टो हुन्छ र त अतीतको पीडाले गलेको मनमस्तिष्कबीच नेपालीका घर आँगनमा वर्षभरिको ठुलो चाड दसैं आइपुगेको छ, उत्साह छैन, बजार अकाशतिर हेर्दै छ ।

अधिकमासका कारण केही ढिलोे गरी आएको यो चाड उत्साह, उल्लास र उमंगको हुँदाहुँदै पनि आर्थिक, सामाजिक र मनोवैज्ञानिक सबै पक्षले दसंै खल्लो भइरहेको छ । यही असोज २८ गते घटस्थापना गर्दै आरम्भ हुने नवरात्रि विशेष जमरा राख्ने अर्थात् घटस्थापनालगायत दसैंको विषय चहलपहल अझ बढी हुने गर्छ ।

नेपालीका घर आँगनमा वर्षभरिको ठुलो चाड दसैं आइपुग्दा उत्साह छैन, बजार अकासिँदै छ

हिन्दु धर्म दर्शनमा चार नवरात्रि– माघशुक्ल, चैत्रशुक्ल, आषाढशुक्ल र आश्विन शुक्लपक्षका नवरात्रिमध्ये शारदीय रात्रिका रूपमा देखिने आश्विन शुक्लपक्षको नवरात्रिलाई विशेष रूपमा मानिएको छ । शक्ति उपासनाका दृष्टिले अत्यावश्यक देखिएको यो नवरात्रिको पहिलो आकर्षण हो ‘घटस्थापना’ । घटस्थापनाका दिन सुरुमै आवश्यक पर्ने सामग्री जमरा राख्ने राम्रो, चोखो, शुद्ध, बालुवा या माटो, तामा र माटोको घडा र तामाको थाली, पूजासामान, राम्ररी तयार पारिएको जौ, पूmल, दुबो, माला, शंख, घन्ट, डमरु, गोकुल धूप, कपुर, नौसूते बत्ती, वस्त्र, पानमसला, कुभिन्डो, नरिवल, गोबर, पञ्चगव्य, खड्ग, उखु, बेल, चामल दियो, कलश, गणेश आदि र १० दिनसम्म आवश्यक विशेष सरसामग्री तयार पारिन्छ ।

घडामाथि तामाको थालीमा अष्टदल, श्रीयन्त्र लेखी नवदुर्गा स्थापना गरी विशेष पूजा गरिने देवीका तीन मूलस्वरूप श्रीमहाकाली, श्रीमहालक्ष्मी र श्रीमहासरस्वती हुन् । सृष्टिको आदिमकालदेखि ब्रह्मा, विष्णु, महेशको स्तुति बन्दना गरिएकी देवी सर्वकल्याणमयीका रूपमा चिनिन्छिन् र उनलाई भूवनेश्वरीदेवी पनि भनिन्छ । मणिद्वीप निवासिनी देवीको चर्चा नवरात्रिमा विशेष पारायण गरिने देवीभागवत, कालिकापुराण, दुर्गासप्तशती आदिमा गरिएको पाइन्छ ।

चैत्रशुक्लप्रतिपदादेखि आरम्भ गरी घटस्थापना गरेर पहेंला जमरा ग्रहण गरी शुभ आशीर्वाद लिई मर्यादा पुरुषोत्तम श्रीरामले रावणमाथि विजय प्राप्त गर्न सकेको स्मरण स्वरूप मनाउँदै आएको शुभ विजयाउत्सव सबैका लागि सजिलो होस् भनी शारदीय नवरात्रिका रूपमा मान्दै आइएको हो । अघि नारदकै श्रापका कारण श्रीविष्णुले मनुष्यअवतार लिनुपरेको र नारदगुरुकै उपदेशअनुसार लंकाका रावणबाट अपहरित सीतालाई सकुशल फिर्ता ल्याउन र रावणमाथि विजय प्राप्त गर्न घटस्थापनाको विधि बताइएको हो ।

नवरात्रिको विशेषपक्ष हो महाअष्टमी † दसंैको उत्कर्ष अष्टमीदेखि नै सुरु हुन्छ । महाअष्टमीका दिन पूजा गरिने देवी हुन् महागौरी † यसदिन घरघरमा पशुपन्क्षीको बलि दिने चलन देखिन्छ । शक्तिपीठमा रगतको आहाल नै देखिन्छ । अघि असुरले महादेवीप्रति जाइलाग्दा महिषमर्दिनी देवीले असुर दैत्यलाई मार्न लाग्दा भागी ज्यान बचाउने क्रममा पशुपक्षीका रूपमा रहन लागेको र तिनलाई नै भए पनि खोजीखोजी मार्ने क्रममा पशुपन्छी वध गरी बलि दिई देवीलाई खुसी गराउने चलन चलेको देखिन्छ ।

बलिदिने क्रममा दुर्गा पूजापछि बोकालाई जलसेचन गरिन्छ । बोकालाई पूजा गर्दै धूप, दीप, नैवेद्य गरेर बोकाको प्रार्थना गर्दै उसलाई मोक्ष गराउने क्रममा दाहिने कानमा तीनपटक मन्त्र श्रवण गराइन्छ । पशुपाशबाट मुक्ति प्राप्त गराउने सो मन्त्र प्रदान गर्दै खड्ग पूजापछि बोकालाई पर्साउने गरिन्छ । छागवलीको संकल्प राजसम्मान, दीर्घायु, बल प्राप्तिका लागि हे देवी दुर्गा तिमीलाई यो बोको बलि अर्पण गर्दछु भनी प्रतिज्ञा गरिन्छ ।

सात्विक पूजामा संलग्न व्यक्तिले पशुबलि नदिई कुभिण्डाको अथवा बेलको फल अर्पण गर्नुपर्ने विधान रुद्रयामलमा पाइन्छ । मांसाहार नगर्नेले मूला, घिरांैला, कुभिन्डो, नरिवल, बेल आदि अर्पण गरेर बलिको पूर्णता गर्न सकिन्छ । महाअष्टमीका दिन दसैंकोठामा शुद्ध आसन, पूजासामग्री तयार गरी पायस फलपूmल, बस्त्र, सौभाग्य, नैवेद्यसहित दुर्गाको ध्यान गर्दै जयन्ती, मंगला, काली आदि देवीका विशेषनाम उच्चरण गर्दै देवीको वन्दना गर्नुपर्छ । अष्ट्रमातृकाको पूजासहित, विशेष देवीमन्त्रले हवन, भैरवको पूजा आदि गरिन्छ ।

भय दूर गर्ने भवानीको उदय अष्टमीकै दिन भएको मानिन्छ

अष्टमीकै रात्रिमा कालरात्रि गर्ने चलन पनि रहेको छ । कालरात्रि गरी पूजा गर्दैै भोलिपटक महानवमीका दिन बिहान सयौंं राँगाको बलि दिने चलन रहेको छ । राँगालाई महिषासुरको रूप मानिन्छ । अघि महामाया देवीप्रति दानव मोहित भएछन् । शुम्भ, निशुम्भ आदिले देवीप्रति बिहेको प्रस्ताव राखेछन् । दानवसंहारको क्रममा रहेकी देवीले यसै मौकामा युद्धमा विजय गर्नेसँग बिहे गर्ने मेरो संकल्प छ भन्ने प्रस्ताव राखेकाले सबैजसो दानव युद्धमा होमिँदै आपूm अन्त्य भएछन् कोही भाग्न लागेछन् । भाग्ने र आपूmलाई बचाउने क्रममा राँगा, बोका, कुखुरा जस्ता पशुपन्छीका रूपमा प्रवेश गरेको बुझी नवमीका दिन देवीले यी सबैलाई खोजेर मार्न लागिछन् ।

देवीको अर्को नाम मोहिनी पनि हो सबैलाई मोहित पारी असुर वध गरेको सम्झनास्वरूप महाअष्टमी, महानवमीमा खास गरी शुभ विजय उत्सवका रूपमा मान्ने चलन चलेको देखिन्छ । महिषासुर नामक राक्षस राँगोका रूप लिई युद्ध गर्न आएको र उसलाई पनि देवीले सखाप पारिदिएको सम्झनामा राँगाको बलि दिने र पशुपन्क्षीको रगत देवीलाई अर्पण गर्ने गरिएको हो । बडादसैंको उत्कृष्ट चाडको रूपमा घरघरको जमरा कोठामा विशेष पूजा, बलि दिने चलनअनुसार पूजा सम्पन्न गर्दैै अष्टमी, नवमीका दिन सुविधाअनुसार घर, कार्यालयमा रहेका सवारी साधनको विशेष पूजा एवं बलि दिने गरिन्छ ।

अष्टमीको अर्को पक्ष छ तलेजुभवानीको विशेष पूजा † भक्तपुरस्थित तलेजु मन्दिरमा यस दिन विशेष भीडभाड हुन्छ । दुर्गाका रूपमा पूजा गरिने यी देवीलाई ८४ प्रकारका नैवेद्य कालरात्रिमा चढाइ विजया दशमीका दिन प्रसाद ग्रहण गर्ने चलन छ । महाअष्टमीकै दिन काठमाडौंको तलेजु मन्दिर पनि सबैका लागि खुला हुन्छ र नवमीका दिन सयौं राँगाको बलि दिइन्छ ।

वैदिक साहित्यमा भवानीलाई भवरोगनाशिनी देवी भनिएको छ । भय दूर गर्ने भवानीको उदय अष्टमीकै दिन भएको मानिन्छ । चैत्रशुक्ल अष्टमीमा उत्पत्ति भएकी भवानी आश्विन शुक्ल अष्टमीमा भगवतीका रूपमा उदय भएको मानिन्छिन् । सम्पूर्ण संसारको कार्यकारी शक्तिलाई हातमा लिएकी भगवती सामु कालखण्डका सम्पूर्ण देवता, सुर, असुर, जीव र जगत् एउटा खेलौना समान भनी देवी भागवतको प्रारम्भिक वन्दनामै व्याख्या गरिएको छ ।

सप्तशती चण्डीमा देवीका ब्राह्मी, वैष्णवी, कौमारी, बाराही, महेश्वरीरूपको चर्चा भएको छ । उनका शक्ति र कार्य’bout विस्तृत चर्चा गर्न निकै कठिन छ । संसारको उत्पत्ति, स्थिति र प्रलय उनैबाट हुने गर्छ । प्रकृति र पुरुषरुपि यो संसारको संहार पनि उनैबाट हुन्छ । देवतासामु प्रर्थनाबाट खुसी भएकी देवीले आपूm ब्रह्मस्वरुपिणी भएकीले सर्वत्र एकछत्र शक्तिकारूपमा उनलाई हेर्न भनेकी छन् । उनका २ प्रमुखस्वरूपमा सबै जीवमा चित्तस्वरूप परासत्ता र सबै पदार्थमा जडस्वरूप अपरासत्ता स्वीकार्न भनेकी छन् । दानवमाथि विजय प्राप्त गेरकी देवीदेवतालाई ब्रह्म सत्ताको बोध गराउँछिन् ।

सम्पूर्णमा तेज, ओज र वैभव दिने देवी दुष्टका लागि दुवुद्र्धिका रूपमा र सज्जनका लागि सुकीर्तिमा स्थापित हुन्छिन् । जियादसमीका दिन बडाको हातबाट टिका प्रसाद, जमरा लगाउँदै कोजाग्रत पूर्णिमाका दिन दसैं बिसर्जन हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा