पुर्वाधारको काम गुणस्तरीय होस : भौतिक पुर्वाधार मन्त्री यादव

बारा । प्रत्येक जिल्लामा पुर्वाधार विकास निर्माणको कार्य गुणस्तरीय होस भनि मधेस प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले निर्देशन दिएका छन् । बाराको कलैयामा एक कार्यक्रमको बिच पुर्वाधार विकास कार्यालय बाराको उदघाट्न गर्दै मन्त्री यादवले पुर्वाधार विकास निर्माण कार्यमा कुनै सम्झौता नगरिने बताएका छन् ।

कलैया वडा नम्बर ४ स्थित जिल्ला समन्वय समितिको परिसर भित्रै पुर्वाधार विकास कार्यालय बाराको उदघाट्न गर्दै मन्त्री यादवले सडक,पुर्वाधार विकास,शहरी विकास तथा भवन निर्माण लगायतका सबै कार्यहरु हुदा विकास निर्माणको कार्यमा तिव्रता आउने विश्वास लिएका छन् ।

सडक डिभिजन,पुर्वाधार विकास,शहरी विकास तथा भवन निर्माण लगायतका सबै कार्यहरु पुर्वाधार विकास कार्यालय पर्साले हेर्दै आएको हुनाले अब आफ्नो छुट्टै बारामा पनि कार्यालयको उद्घाटन भएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

उदघाट्न कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बच्चा प्रसाद यादवले छिटो छरितो विकास निर्माणको काम र कार्यालय प्रमुखको व्यवस्था चाडै होस भनि मन्त्रालयसँग आग्रह गरेका थिए ।

मधेस प्रदेश पुर्वाधार विकास मन्त्रालयका सचिव अशोक साहले मन्त्रालयले अब प्रत्येक जिल्लामा पुर्वाधार विकास कार्यालयको स्थापना गरिनेछ बताएका छन् । भौतिक पुर्वाधारका सडक, भवन, पुल, जनता अवास निर्माण कार्यहरुका लागी कार्यालयको स्थापना गरिएको बताए । छिट्टै प्राविधिक, ईन्जिनियर सहितका कर्मचारीको व्यवस्था गरिने साहले बताए ।

पुर्वाधार कार्यालयको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य पुर्वाधार विकास कार्यालय पर्साका प्रमुख दिपक कुमार मिश्राले गरेका थिए । कार्यक्रम संचालन मधेस प्रदेशका पुर्वाधार विकास मन्त्रालयका कानुन अधिकृत नीर कुमार विश्वकर्माले गरेका थिए ।

मधेस प्रदेशका भैतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादव, प्रदेश सभा सदस्य बच्चा प्रसाद यादव, मधेस प्रदेश पुर्वाधार विकास मन्त्रालयका सचिव अशोक साह, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, समानुपातिक प्रदेश सभा सदस्य लक्ष्मी साह, प्रदेश सभा सदस्य मिना लामा, जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह, घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रतिनिधि अलि शरण अन्सारी, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक जटा शंकर यादव, पुर्वाधार विकास कार्यालय बाराका सूचना अधिकारी इन्जिनियर लालबाबु राय, स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश प्रसाद यादव र कर्मचारीहरु लगायतको सहभागिता रहेको राजन पण्डितले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा