रैथाने बेकिङ प्रदर्शनी

पोखरा । काठमाडौं फ्रेस बेकरी पोखराको आयोजनामा हिजो शनिबार रैथाने बेकिङ प्रदर्शनी गरियो ।

स्वदेशी अन्न, स्थानीय उद्यमी र दिगो कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ महेन्द्रपुलस्थित काठमाडौं फ्रेस बेकरी परिसरमा सो प्रदर्शनीमा भएको हो । जसमा सेफ लोकेन्द्र महर्जनको नेतृत्वमा विभिन्न स्वादका परिकार पस्किएको थियो ।

काठमाडौं फ्रेस बेकरी पोखराका सञ्चालक रोशन महर्जनले कसरी रैथाने बालीहरुले आर्थिक समृद्धि र दिगो कृषिको जगको रुपमा काम गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण प्रदर्शनी भएको बताए । दिगोपन र पाक उत्कृष्टताप्रति सरकारको प्रतिबद्धतालाई जोड दिँदै कृषि तथा पशुपक्षी मन्त्रालयको अटुट सहयोगमा यसप्रकारका कार्यक्रमको प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरे ।

कार्यक्रममा पाक महर्षि सन्दीप क्षेत्रीले पर्यटकीय सहर पोखरा क्षेत्रमा रैथाने बालीको संरक्षण गर्दै पर्यटन व्यवसाय, होटल म्यानेज्मेन्ट र पाककलाको विकासको प्रशस्त सम्भावना रहेको बताए । आफू देशका विभिन्न भागमा रैथाने बाली संरक्षण र पाककला सिकाउन लागिपरेको उल्लेख गर्दै उनले सरोकारवाला निकायले पनि सहयोग गर्नुपर्नेमा जोड दिए । घनश्याम भट्टराईसँग मिलेर उनले लेखेको ‘रैथाने बालीका परिकारसम्बन्धी पुस्तिका’ कृषि ज्ञान केन्द्र कास्कीले हालै प्र्रकाशन गरेको छ । जसमा रैथाने बालीबाट बन्न सक्ने ४० प्रकारका परिकारहरु उल्लेख गर्दै पाककलाको तरिकासमेत सिकाइएको छ ।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले कार्यालयले उत्पादन र उत्पादकत्वमा जोड दिँदै आएको बताउँदै आपूmहरु रैथाने बाली संरक्षणमा सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा पोखरा होटल म्यानेज्मेन्ट कलेजका अध्यक्ष अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले रैथाने बालीको संरक्षणमा जोड दिए ।

सो अवसरमा द मेन स्ट्रिट आर्टिसन क्याफेको पनि सफ्ट लन्च गरिएको छ । सञ्चालक युनिका महर्जनका अनुसार यो क्याफेमा कोदोबाट बनेका परिकारहरुलाई अहिले जोड दिइएको छ । जसमा कोदोको पानकेक, मोमो, पिज्जा लगायतका परिकार ग्राहकलाई पस्किने गरिएको छ ।

२६ वर्षअघि संचालित काठमाडौं फ्रेस बेकरीमा हाल ५० जना कर्मचारी छन् । यसले सोही ठाउँमा द मेन स्ट्रिट आर्टिसन क्याफे सञ्चालनमा ल्याएको सञ्चालक युनिका महर्जनले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा