सर्लाही । सर्लाहीमा पहिलोपटक सुविधा सम्पन्न हस्पिटल् खुलेको छ । मलंगवा नगरपालिका-२ मा आईसियूसहितको म्याक्स मल्टिस्पेसियाल्टी हस्पिटल एण्ड ट्रामा सेन्टर खुलेको हाे । हस्पिटलको उद्घाटन मलंगवा नगरप्रमुख नागेन्द्र रायले गरे ।
म्याक्स हस्पिटलमा वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा. संजय कुमार साह, मुटु रोग विशेषज्ञ डा. राजेश कुमार साह, वरिष्ठ स्त्री, प्रसूति तथा नि: सन्तान रोग विशेषज्ञ डा. विजयकुमार कापर, डा. निमुकुमारी साह, रेडियोलोजिष्ट डा. सोहन कुमार साह लगायतका विशेषज्ञ चिकित्सक बाट सेवा प्रदान गरिने बताइएकाे छ ।
हस्पिटलमा आइसियू, एनआईसियू, भेन्टिलेटर, दुरबिन द्वारा आधुनिक प्रकृया बाट सल्यक्रिया, ईमरजेन्सी सेवा, २४ औँ घन्टा एमबिबिएस डाक्टरसहितको सेवा, लगायत विभिन्न सेवा प्रदान गरिने म्याक्स हस्पिटलका संचालक बिभाष कर्णले जनाएको छ ।

खासगरी सर्लाहीमा सुविधा सम्पन्न अस्पताल नहुदा सर्लाहीवासी जनकपुर, बिरगंज, भरतपुर, धरान, काठमाडौं, भारतको विभिन्न अस्पताल जादा महंगो उपचार गराउने बाध्यतालाई अन्तय गर्नको लागि सर्लाहीमा म्याक्स हस्पिटल खुलेको अस्पतालका संचालक डा. विजय कापरले जानकारी दिए ।
कविलासी नगरपालिकाका पुर्व नगरप्रमुख कौशल किशोर रायले सर्लाहीमा रहेको प्रदेशीक अस्पताल बाट प्राय जसो बिरामी रेफर हुने गरेको तथा स्थानीयलाई पनि सरकारी अस्पताल प्रति विश्वास घटेको बताए । उनले राम्रो हस्पिटल नहुदा शास्ती भोगनु परेको थियो हाल सुविधा सम्पन्न हस्पिटल भएपछि त्यो सास्ती हटेको बताए ।
समयमै विशेषज्ञ डाक्टरको उपचार नपाएर कतिपयको अकालमै मृत्यु पनि हुने भएको हुँदा कम खर्चमा विशेषज्ञ सेवा प्रदान गर्न हस्पिटल खोलिएको डा. कापरले बताए ।
कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य जंगिलाल राय यादव, कौशल किशोर राय, सकुन्ति देवी,नेपाली कांग्रेसका पुर्वसभापति लक्षमण राय, नापी कार्यालय प्रमुख संजय मनान्धर लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।






