इतिहासमा कुनै कुनै दिन खास दिनका रूपमा आउँछन् र सधैं भविष्यलार्ई प्रभावित गर्ने गर्दछन् । ती दिन कुनै विशेष समाचारले कुनै विशेष घटनाको निर्माण गर्दछ र त्यसैगरी त्यस्तो विशेष घटनाले कुनै खास विचारको निर्माण पनि गर्दछ । यस्ता दिन तथा घटनालार्ई ‘ऐतिहासिक दिन वा घटना’ भन्ने गरिन्छ । यो आलेख लेखन गर्दा ‘समाजवादले निर्माण गरेको एक सफलता आँखा अगाडि उभिएको छ । बाँम्फु खोलामा साना ठुला जहाजको ताँती छ । खोलाको एकाकिनारमा पुरानो सहर छ जसलार्ई फुसी भन्छि । अर्को किनारमा सन् १९९२ बनाइएको आधुनिक सहर छ । त्यसलार्ई फुदोंग भनिन्छ । फुदाेंग समाजवादको सिर्जना हो । यहाँ १२५ तला अग्लो घरदेखि अनेकौं आधुनिक घरहरू छन् । खोलाको वरिपरि ‘हिजो ब्रिटिस तथा अन्य सातवटा साम्राज्यवादी पश्चिमी देशले अफिमको व्यापार र चीनबाट धन कमाउन निर्माण गरेको उनीहरूको साम्राज्य स्थापना गर्न बनाइएको पुरानो सहर छ भने अर्कातिर चीनलार्ई साम्राज्यवादबाट मुक्त गरी समाजवादले निर्माण गरेको सहर छ । यो चीनको आर्थिक केन्द्र संघाइको कथा हो ।
नेपालका दुई छिमेकी देश पश्चिमी उपनिवेशी अपराधका शिकार बनाइएका थिए । चीनमा ब्रिटेन लगायतका सात अन्य राष्ट्रको साम्राज्यवादी हैकम कायम थियो । चिनियाँ कम्युनिस्ट पार्टीले ‘आफूमाथिको यस विदेशीअधीनलार्ई’ ‘अर्धउपनिवेशवाद’ भनी परिभाषा गरेको थियो । भारतलार्ई ब्रिटेनले उपनिवेश मात्र बनाएन आफ्नो साम्राज्य मातहतको आफ्नै सार्वभौम भूमि बनाएको थियो ।’ यी दुई देशबीच नेपाल ‘स्वतन्त्र राष्ट्रका रूपमा थियो’ । तर, यो स्वतन्त्रता ब्रिटिस साम्राज्यसँगको युद्धमा पराजयपछि बचेको सानो भूभागमा मात्र कायम रहेको थियो । युद्धबाट ब्रिटिस साम्राज्यवादले नेपालको ठुलो भूभाग खोस्यो ।
बाँकी रहेको यस सानो भूभागमा त्यहाँका जनताले बेलाईती साम्राज्यवादको रक्षागर्न ‘उपनिवेशी शक्तिका (भाडाका सैनिक) मर्सीनरी सैनिक बन्नुपर्ने बाध्यता निर्माण भयो’ । अर्थात्, नेपालको दक्षिण भूभागमा रहेको स्वतन्त्र देशले आफ्नो स्वाधिनता गुमायो । भारत बेलाईती साम्राज्यको एउटा अंश बन्यो । अर्थात्, भारतको नाममा बेलाईतले एकीकृत गरेको त्यो देश बेलाईतको पूर्ण अधिपत्यमा रह्यो । चीनमा स्वतन्त्र शासन थियो तर, त्यो केवल शक्तिहीन कठपुतली मात्र रह्यो । नेपालले युद्धमा जोगाएको वर्तमान भूमिमा ‘उपनिवेशी घृणित पाइला’ परेनन्, तर नेपाली जनसंख्या बेलाईती ‘मर्सिनरी’ सेना उत्पादन गर्ने कारखाना बन्न पुग्यो । हाम्रो जनसंख्यामाथि ब्रिटिसको अधिपत्य कायम रह्यो । यी तीनैवटा देशले साम्राज्यवादी बर्बरताको पीडा भोगे र आजसम्म पनि त्यस क्रुर इतिहासले ‘निर्माण गरेको’ बर्बताको परिणाम भोगिरहेका छन् ।
चीन त्यस इतिहासलार्ई चुनौती दिँदै एउटा आर्थिक शक्तिका रूपमा उदाएको छ । भारत ‘आफ्ना नागरिकबीचको भीमकाय असमानतालार्ई ‘लोकतन्त्रको नाम दिँदै आर्थिक शक्ति बनेको छ । नेपाल आज पनि उसको ‘भूराजनीतिलार्ई भूअर्थनीतिमा बदल्न नसकेर’ आर्थिक विपन्नताको पीडा खप्न बाध्य छ । ऊ आफ्नो अपार प्राकृतिक स्रोतको परिचालन गर्न आवश्यक पर्ने विज्ञान र प्रविधिको अभाव भोगिरहेको छ ।
नेपालले आज भोगिरहेको यस विषमतापूर्ण अवस्थाको यथार्थ चिरफार हुन बाँकी छ । २००७ सालमा बामपन्थी अगुवाले नेपाल ‘अर्धसामन्ती तथा अर्ध उपनिवेशी’ चरित्र बोकेको छ भनी दिएको हुँदा, आजसम्म पनि कतिपय कम्युनिस्ट यही मिथ्या विश्लेषणको रटान लगाइरहेका छन् । त्यसैकारण २००७ साल पछाडि आरम्भ भएका ‘चेतना, परिवर्तन र राजनीतिक विद्रोहका आन्दोलनले’ नेपालले हिँड्नुपर्ने आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनको बाटो पहिचान गर्न सकेनन् । अतः उनीहरूको यात्रा गन्तव्यहीन बन्न पुग्यो ।
कतिपयले २००७ साल वरिपरि ‘अर्धसामन्ती तथा अर्धउपनिवेशी’ चरित्र बोकेको नेपाली समाज भनी आज पनि यही मिथ्या विश्लेषणको रटान लगाइरहेका छन्
२००७ सालको जहानियाँ राणा विरोधी आन्दोलनले नेपाललार्ई ‘राजनीतिक स्वतन्त्रता र जमिनदार मालिक तथा हुकुमी शासकविरूद्ध जमिनहीन गरिब तथा किसानको मुक्तिका लागि संघर्षको बाटो खुल्यो । अभिजात्य वर्गको अधिनमा रहने बहुदलीय उदारवादी राजनीतिले जमिनहीन गरिब तथा किसानलार्ई बोल्न पाउने अधिकार दियो । तर, उनीहरूलार्ई आर्थिक उद्यमशीलताद्वारा जीवनलार्ई उत्पादनशील बनाउने र नयाँ संस्कृतिको निर्माणलार्ई चाहिने वैज्ञानिक चेतना दिएन ।
नेपालमा गरिब, कामदार तथा किसानमुक्तिको सन्देश प्रवाह गर्ने माक्र्सवादी–लेनिनवादी सिद्धान्त र कम्युनिस्ट घोषणापत्रको सन्देश पनि आइपुग्यो । नेपाली समाजको वर्गीय चरित्रको विश्लेषण गर्ने पण्डितहरू खडा भए । तर, धेरै मानिसलार्ई राजनीतिक दर्शनको यान्त्रिकताको रोगले ग्रस्त बनायो । अनुसन्धान र अन्वेषण तथा तथ्यांकको विश्लेषण र तर्क र विज्ञानको एकरति ज्ञान नभएका ‘प्रमाणपत्रधारी’ मानिस र हिन्दी शब्दकोशको प्रयोग गरी ‘विदेशी दर्शनशास्त्रका पुस्तकको अनुवाद गर्ने रोबर्ट–विद्वान र आफूले जानेजति नै संसारको ज्ञान हो भनी ठान्ने अल्पज्ञानीले’ नेपाली समाजको परिवर्तन हुनुपर्ने वा गरिनुपर्ने संस्कृति वा वर्गीय चरित्रको नाम ‘अर्धसामन्ती र अर्धउपनिवेशी’ व्यवस्था भनी राखिदिए । अर्थात् उनीहरूले माक्र्सवादी साहित्य वा दर्शनको वैज्ञानिकतालार्ई बुझ्ने र नेपाली सन्दर्भ र यथार्थतामा प्रयोग गर्ने प्रयास गरेनन् ।
उनीहरूले यी शब्दहरू ‘चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना दस्तावेजमा आफ्नो देशलार्ई ‘सेमी फ्युडल’ तथा ‘सेमी कोलोनियल’ भनी परिभाषा गर्न जुराएका शब्दबाट अनुवाद गरेका थिए । चिनियाँ भाषामा ‘वान्चमिन्दी’ (रैथाने मानिसालई जमिन वा स्रोतबाट बाहेक गरी विदेशीले गोरुजस्तो जोत्ने प्रणाली) शब्दलार्ई अंग्रेजीमा ‘सेमी–कोलोनियल’ भनेका थिए । अर्कातिर ‘वानफंगजियन’ छाप्रोमा वा कटेरामा जीवन बिताउने गरीब मानिसको अवस्थालार्ई जनाउन अंग्रेजीमा सेमी फ्युडल भन्ने शब्द प्रयोग गरेका थिए । यी चिनियाँ ऐतिहासिक परिप्रेक्ष्य जनाउने अवस्थाका शब्दहरू थिए । ती चिनियाँ मान्यता वा त्यो चिनियाँ चरित्र नेपालमा थिएन ।
सुगौलीसन्धि, सन् १९२३, सन् १९४७ र सन् १९५० का सन्धिले नेपालको सार्वभौमसत्ताको अपमान गरे पनि ‘नेपाल एउटा स्वतन्त्र राष्ट्र थियो’ । अतः नेपाललार्ई ‘अर्धउपनिवेश’ भन्नु इतिहासको अज्ञानता हो भन्न सकिन्छ । सामन्तवाद वा अर्धसामन्तवाद भन्नु पनि गलत हुन जान्छ । चीनमा ‘चिनियाँ भाषा’मा जमिनदारका खेताला वा भूमिहीन सुकुम्बासी जनताको बाहुल्यता रहेबाट ‘भूूमिहीन सुकुम्बासी’ अवस्थालार्ई (फांगजियन) भनिएको भए तापनि अंग्रेजीमा त्यसलार्ई ‘सेमी प्mयुडल’ भनी अनुवाद गरियो । चिनियाँ क्रान्तिले सम्बोधन गर्न पहिचान गरेको त्यो अवस्था ‘फंगजियन’ तथा ‘वान्चमिन्दी’को समस्या हो ।
कृषि उत्पादनमा सरिक किसानहरू आफैंमा वर्गीयताको दृष्टिकोणले ‘उत्पादनकर्ता कामदार वर्ग थिए वा हो भन्ने कुरा चिनियाँ क्रान्तिले बुझे झैं नेपालका ‘अर्धवामपन्थी’ चरित्र भएका ‘कथित कम्युनिस्ट’हरूले कहिले पनि बुझ्न चाहेनन् । इतिहासको अध्ययनले के देखाउँछ भने (१) नेपाली समाजमा अधिंकाश जनता आफ्नै श्रमबाट खेती गरी जीवनयापन गर्ने किसान थिए । (२) सीमित व्यक्तिहरू जमिनदार थिए र उनीहरूमध्ये केही सीमित व्यक्तिबाहेक अधियाँ÷कूतमा अरूलार्ई बाली लगाउन दिन्थे । श्रम लुटेर, बाँधा बनाएर वा दास बनाएर शोषण गर्नेको संख्या थोरै थियो । (३) कतिपय जमिनदारले नेपालमा औद्योगीकीकरण भिœयाएका थिए । अतः नेपाली जनसंख्याको अधिकांश ठुलो संख्या किसानका रूपमा ‘उत्पादन सरिक कामदार वर्ग वा कामदार शक्ति थिए ।’ तर ‘अर्धबाम ज्ञान’ बोकेका अनाडी बामनेता कार्यकर्ताले ‘मूलतः उत्पादकको चरित्र’ भएको आफ्नै श्रममा जीवनयापन गर्ने किसानलार्ई आफ्नो क्रान्तिकारी आत्मरति पूरा गर्न ‘वर्ग विभाजन’को यान्त्रिक पद्धतिभित्र हालेर ‘आपसमा वर्ग शत्रु बनाई एकअर्काको दुस्मन बनायो’ । अर्थात् जमिन नभएको भूमिहीन, श्रमिक र भूमिमा आफैं श्रम गर्ने किसानलार्ई वर्ग शत्रुका रूपमा खडा ग¥यो ।
नेपाली समाजको मूल वर्ग चरित्र ‘शासक÷भारदार र शासित मेहनतकर्मी’ जनताबीच केन्द्रित रहेको थियो । शासक नै धनी थियो र मालिक पनि उही थियो । अर्थात् शासक र धनी एउटै थियो । उसले समग्र जनताबाट कूत÷कर उठाएर आफ्नो शासन कायम राख्थ्यो । त्यही शासन सत्तामा आसिन व्यक्तिले ‘मानिसलार्ई’ अलगअलग हैसियत प्रदान गर्दै, आर्थिक स्रोत वा उत्पादनका साधनमा आफ्नो एकाधिकार कायम ग¥यो ।
अतः नेपाली समाजको मूल वर्गीयता ‘कर उठाइ संभ्रान्त जीवनयापन गर्ने शासक वर्ग र उत्पादन गर्दै कर भुक्तानी गर्ने किसान र शिल्पी’बीच कायम रहेको थियो । अघिल्लोले विर्ता, गुठी, रैकर, जागिर, जमिनदारी आदिका नाममा जमिनमा एकाधिकार कायम गथ्र्यो र शासनमा पनि उही थियो । किसानवर्गले उत्पादन गरी जीवनयापन गरे पनि उत्पादनका साधनको सीमितताले उत्पादनलार्ई मुनाफामा परिणत गर्न सकेन । अतः ऊ सत्ताबाहिर रह्यो र गरिब पनि भयो ।
नेपालको कम्युनिस्ट आन्दोलनको ‘असफलताका’ पछाडि यो कारण एउटा गम्भीर कारणका रूपमा रहेको छ जसको विश्लेषण भएको छैन । आजसम्म पनि कम्युनिस्ट विचारधारा पक्षधरले नेपाली समाजको संरचनात्मक अन्तरतŒव तथा अन्तर्विरोधको विश्लेषण नगरी ‘चिनियाँ क्रान्ति’ले आफ्नो समाजको वर्गीय चरित्रको विश्लेषणमा प्रयोग गरेको ‘अभिव्यक्तिलार्ई’ अर्थहीन अनुवाद गरी ‘क्रान्तिकारी दृष्टिकोण’ रणनीति र कार्यनीति’का रूपमा प्रयोग गरिरहेका छन् । त्यसैले आजसम्म भएका ठुल्ठुला ऐतिहासिक क्रान्तिकारी जनआन्दोलनका घटनाहरू जसले नेपाली जनताको विशाल जागरणको उद्घोष गरे ती सबै निरर्थक तथा परिणामविहीन साबित भए ।
नेपाली समाजको सही वर्ग विश्लेषण गर्न नसक्दा ७० वर्षसम्म अनेक फन्डा, लडाइँ, झगडापछि विदेशीको काँधका बसी गरिने अनेक धन्दा सुरु भएको छ
त्यसैले अब नेपालको परिवर्तनले ‘क्रान्तिभित्रको क्रान्ति’को रणनीति अनुशरण गर्नुपर्ने अवस्था विद्यमान रहेको छ । ‘क्रान्ति’को अर्थ विगठन वा विद्रोह वा हिंसा होइन । ‘क्रान्ति’को अर्थ रचनात्मक उन्नयन वा प्रगतिशीलता हो । ‘नेपालमा ‘क्रान्ति’ शब्दको प्रयोग हिंसा वा विगठनका रूपमा गरिँदै आएको छ । त्यो त यथार्थमा ‘प्रतिक्रान्ति’ हो, अर्थात् ‘विसर्जन वा विस्थापन’ । ‘क्रान्ति’को तात्पर्य ‘नेपाली समाजको विस्थापन वा बिसर्जन’ गर्नु होइन । क्रान्तिको अर्थ नेपाली समाजमा रहेका गैरप्रगतिशील, अन्धविश्वास र अवैज्ञानिक सोच र त्यस सोचमा आधारित ‘उत्पादनहीनता श्रमप्रतिको अपमान र बेइमानीको विस्थापन वा बिसर्जन गर्नु हो । राष्ट्रको गौरव होइन लघुताभाष प्रकट गर्ने मनोविज्ञान’ बोकेका संस्कृतिमा आधारित सामाजिक संरचनाले ‘महासमता’को प्रवर्धन गर्दैन ।
महासमताको संस्कृति बोकेको समाजमा ‘न त मानिस भोकले मर्छ न त मानिस सम्पन्नताको मातले मर्छ ।’ नेपालमा युगौंदेखि यस मान्यतालार्ई ‘सद्विवेक’ भनिएको छ । बुद्धले यसलार्ई महासमता (ग्रान्ड इक्विटी) भनेका हुन् । छिङ सम्राटको नोकरशाहीविरुद्ध चीनमा ‘सबैको समता’लार्ई दातोङ भनियो । त्यसैले भन्न सकिन्छ, माक्र्स र लेनिनले अगाडि सारेका ‘वैज्ञानिक समाजवाद’को जग एसियाली दर्शनशास्त्रमा अवस्थित थियो । एसियामा समाजवादको मान्यता धेरै पहिलादेखि रहँदै आएको हो ।
चिनियाँ विद्वान बुद्धिजीवीहरू ‘छन दुसीउ, लिदाजाओ, ल्युसुन, माओ लगायतले चिनियाँ समाजका अन्तर्वस्तुको विश्लेषणबाट चिनियाँ समाजको परिवर्तनको ठोस ‘व्यावाहारिक सोच’ निर्माण गरे । उनीहरूले चिनियाँ जनतालार्ई जागृत गर्नुपर्ने र अज्ञानता र अन्धकारविरुद्ध विज्ञानको ज्योति जगाउनुपर्ने दृष्टिकोणहरू अगाडि सार्दै, ती समस्याको निराकरणका लागि माक्र्सवाद–लेनिनवादलार्ई सिद्धान्तका रूपमा अगाडि ल्याए । तर, नेपालमा नेपाली समाजको वस्तुगत धरातलको विश्लेषण भएन । अन्यत्र समाजका विश्लेषणलार्ई नेपालीमा उल्था गरी ‘जनवादी क्रान्तिको’ ढाँचा तयार पारियो । यही मूर्खताको परिणाम ७० वर्षसम्म अनेक फन्डा, लडाइँ, झगडा विदेशीको काँधका बसी अनेक धन्दामा संलग्न हुँदै नेपालमा बामपन्थी राजनीति विसर्जन हुने अवस्थाको सामना गर्दै छ । र, बामपन्थी राजनीतिले छोडेको ठाउँमा दक्षिणपन्थी अराजक राजनीतिले स्थान लिइरहेको छ ।






