जात्रा र जात्रै जात्रा पछि महाजात्रा

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला चलचित्र ‘महाजात्रा’को निर्माण घोषणा गरिएको छ । यो चलचित्रको दशैं लगत्तै १३ कात्तिकबाट छायाँकन सुरु हुने भएको छ ।

यो चलचित्रमा यस अघि विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेललगायतका कलाकार अनुबन्धित भएका थिए । यतिबेला फेरी यो फिल्ममा हरिवंश आचार्य, दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्ग्देल समेत जोडिएका छन् ।

फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँका अनुसार यी कलाकार अनुबन्धित भएसँगै चलचित्रको छायाँकन सुरु गर्न लागेको बताएका छन् ।

निर्माता बानियाँका अनुसार जात्रा र जात्रै जात्राको सफलतापछि निर्माण हुन लागेको यो फिल्मको छायाँकन अघि नै धेरै देशमा बिक्री भईसकेको छ । यो चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने यसलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन् । यो फिल्मका अघिल्ला भागले घरेलु फिल्ममा कसरी कमेडी पनि यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो ।

महापुरुष र जात्रा शृंखला जस्ता सुपरहिट फिल्म दिएको कारण षट्कोण आर्ट्सले यो चलचित्र पनि राम्रो बनाउने दाबी निर्देशक प्रदीप भट्टराईको छ । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा