उद्योगमन्त्री रिजाललाई युवा संघको ज्ञापनपत्र

काठमाडौं । सत्तारूण घटक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले नेपाल सरकारका उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र सहित ध्यानाकर्षण गराएका छन् ।

युवा संघका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलिले आज सिंहदरबारमा पुगेर आर्थिक तरलता कारण राष्ट्रिय संकटको मारमा परेका बखत कृतिम अभाव सृजना गरी मूल्य वृद्धि र कालावजारी भएका कारण नेपाल सरकारको ध्यानाकर्षण गरेको संघका नेता मनोज खत्रीले बताए ।

संघले ज्ञापन पत्र मार्फत “सरकारले आम्दानी वृद्धि र रोजगारी सृजना गर्न तर्फ पहल नगर्ने त्यसमाथी महंगी नियन्त्रण पनी नहुने अवस्थाका विरुद्व जन-आक्रोश चुलिएको सन्दर्भलाई वुझ्न विलम्व नगरी जनताले प्रत्यक्ष अनुभूति गर्नगरी खाद्य पदार्थ लगायत अत्यावश्यक सामग्री हरुको मुल्य समायोजन गरी राहत सृजना गराउनको लागी नेपाल सरकारलाई १० दिन समय उपलव्ध गराएको अन्यथा आन्दोलनमा उत्रने जानकारी गराएका छन् ।

युवा संघले बुझाएको ध्यानाकर्षण पत्र अनुसार सरकारले माग सम्बोधन नगरे संघले आन्दोलन गर्ने चेतावनी समेत दिएको संघका प्रवक्ता सन्जिप राईले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता