बझाङ । २०७७ सालदेखि युएमएनको आर्थिक सहयोग र प्रगतिशिल युवा समाज बझाङको समन्वयमा थलारा गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा क्रियाकलापमा आधारित परियोजना लागु भयो । यो परियोजना सुरु हुनु भन्दा पहिला यहाँका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले शिक्षक केन्द्रीत विधि बाट नै पठनपाठन गर्दै आएका थिए ।
सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले विहान १०:०० बजे विद्यालयमा प्राथना गर्दा सामान्यतया पिटि खेलाएर विद्यार्थिहरुलाई कक्षा कोठामा प्रबेश गरान्थे । त्यो समयमा शिक्षकहरुलाई विद्यार्थिहरुले अनिवार्य रुपमा नमस्कार गर्ने संस्कार थियो । शिक्षकहरुलाई पनि विद्यार्थिहरुले नै नमस्कार गर्नु पर्छ भन्ने सोचाई थियो । विद्यार्थिहरुलाई विद्यालयमा स्वागत गर्नु पर्छ भन्ने सोच यहाँका प्राय शिक्षकहरुमा थिएन ।
तर जब यस पालिकाका सामूदायिक विद्यालयको गुणस्तरिय शिक्षामा पहुचमा बृद्धि गर्ने लक्ष्यले क्रियाकलापमा आधारीत परियोजना लागु भयो । त्यसपछी परियोजान मार्फत शिक्षकहरुलाई विभिन्न तालिमहरु दिन सुरु गर्यो । यस परियोजना बाट पाएको तालिमले धेरै जस्तो शिक्षकहरुमा परिवर्तन आएको पाईन्छ । अहिले शिक्षकहरुले विद्यार्थिलाई नमस्कार गर्ने, विद्यालयमा स्वागत गर्ने, अंगमाल गरेर बालबालिकाहरुलाई नजीक बनाउने, हात मिलाउने जस्ता धेरै जस्तो कृयाकलापहरु विद्यालयमा सुरु गरेको पाईन्छ ।
जस मध्येको विहान विद्यार्थिहरुलाई स्वागत गर्ने एउटा विद्यालय हो, नवादेउ आधारभुत विद्यालय । यस विद्यालयमा अध्यापन गराउने शिक्षिका दुर्गा कुमारी सिंह शाहले हरेक विहान विद्यालयमा आउने बालबालिकाहरुलाई स्वागत गर्ने गरेकी छन् । यदी कुनै दिन कार्य ब्यास्तता वा विविध कारणले दुर्गा विद्यालयमा उपस्थित हुन सक्नु भएन भने यस विद्यालयकी प्राध्यानाध्यापक सरस्वति सिहँले बालबालिकाहरुलाई स्वागत गर्नु हुन्छ । यहाँका शिक्षकहरुले विद्यार्थिहरुलाई आलोपालो गरेर स्वागत गर्ने गरेका छन् । दुर्गाले विद्यार्थिहरुलाई स्वागत गर्ने बानिको विकास क्रियाकलापमा आधारीत परियोजना लागुभएपछी र आफुहरुले तालिम पाएपछी भएको बताईन् ।
उनले भनिन्‘क्रियाकलापमा आधारीत परियोजना लागुभएपछी विद्यालयमा र हाम्रो आनिबानिमा परिवर्तन हुनका साथै बालबालिकाहरुमा समेत हामीहरुले परिवर्तन पाएका छौ । विद्यालयमा अध्यापन गर्ने बालबालिकाहरुलाई पहिला गर्ने ब्यावहार पुर्ण रुपमा परिवर्तन आएको छ । पहिलाको दिनलाई सम्झदै उनले भनिन् ‘विहान बालबालिकाहरु विद्यालयमा आउदा सुरुमा नै बालबालिकालाई झर्कीने गर्थे ।’
कतिपय दिनमा त मैले रिसको झोकमा कक्षा संचालन हुन पुर्व नै बालबालिकालाई कुटपिट समेत गरेको सम्झना अझै ताजै छ । त्यो दिन सम्झदा आफुलाई अहिले पछुतो लाग्ने गरेको छ । विद्यार्थिविहान १० बजे विद्यालयमा पगी सकेका हुन्थे । तर हामिहरु कहिले १०ः१५ बजेपनी उपस्थित हुने गरेका थियौ । तर अहिले १० बज्नु भन्दा १०-१५ मिनेट अघि नै विद्यालयमा पुगीसकेका हुन्छौ’ ।
‘यूएमएनको सहयोग र प्रगतिशिल युवा समाजको साझेदारीमा संचालित क्रियाकलापमा आधारीत परियोजनाले विद्यालयमा एउटा ब्यानरमा हात मिलाएको, अंगमाल गरेको, नमस्कार गरेको , लाईक गरेको , बेस्ट अफ लक गरेको तालि बजाएको, आदी थुप्रै चित्र सहितको बोर्ड दिएको छ । उक्त बोर्ड बाहिर राख्छौ ।
जुन विद्यार्थिले जे गर्न चाहेको हो हामि त्यहि गर्छौ र साथिहरुलाई पनी गर्न लगाउन्छौ । कसैले नमस्कारको चित्रमा छुन्छन् । हामिले नमस्कार गर्छौ । कसैले गुड लकको चित्रमा औला लगाउन्छन् । हामि त्यही गर्छौ । कसैले अंगमालको चित्रमा, कसैले तालि बजाउने चित्रमा आआफ्नो ईच्छा अनुसार चित्रमा बालबालिकाहरुले छुने गर्छन । हामिले पनी त्यसरी बालबालिकाहरुलाई ब्यावहार गर्ने गरेका छौ । यो क्रियाकलापले विद्यार्थि र शिक्षकहरु विचको सम्बन्धलाई मजमुद र थप आत्मियता बढाउनुका साथै शिक्षकलाई देखेर विद्यार्थिले डराउने परिपाटीको अन्त्य भएको पाएको उनको अनुभव छ ।’
विद्यार्थिलाई स्वागत गर्ने कार्यक्रम यस विद्यालयमा मात्रै नभई थलारा गाउँपालिकाका प्राय आधारभुत तहका विद्यालयहरुमा लागु छ । विहान सबै जनाले मिलेर प्राथना गर्ने र कक्षा कोठामा प्रबेश गर्नु अघि स्वागत कार्यक्रम रहेको विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको अनुभव रहेको छ ।






