कति बलियो पृथ्वीको प्यारासुट !

प्यारासुट हवाई उडानमा सुरक्षाका लागि प्रयोग गरिन्छ । यसले आकस्मिक घटनाबाट जोगिन वा हवाई तालिम लिन आकाशमा हवाईजहाजबाट जमिनतिर हामफाल्दा मानिसलाई जोगाउँछ । पृथ्वी पनि यो ब्रह्माण्डीय आकाशमा सदावहार झुन्डिएर रहेको छ । पृथ्वीलाई यसरी झुन्डिएर सुरक्षित रहन यसको वरिपरि रहेको प्राकृतिक चुम्बकीय प्यारासुटले सहयोग गरिरहेको छ । मानिसले प्रयोग गर्ने प्यारासुट बुनेर निर्माण गरिएको हुन्छ । तर, पृथ्वीको प्यारासुट कसरी बनेको हुन्छ ? यो सबैका लागि जानकारीमा नरहेको विषय हुनसक्छ ।

पृथ्वीको केन्द्रमण्डल अति तातो अवस्थामा छ । पग्लिएर गिलो लेदो अवस्थामा रहेको यो केन्द्र मण्डलको कुल तप्त पदार्थको ८८ प्रतिशत फलाम रहेको छ । यही फलामका कारण पृथ्वीको आफ्नो गुरूत्वबल अस्तित्वमा छ । यसले पृथ्वीको वरिपरिको विशाल वायुमण्डलीय क्षेत्रमा चुम्बकीय शक्ति प्रवाह गरिरहेको छ । पृथ्वीको वरिपरि रहेको यही चुम्बकीय शक्तिले गर्दा निरन्तर हुत्तिँदै र फन्को मार्दै पृथ्वी आफ्नो कक्षमा परिक्रमा र अक्षमा परिभ्रमण गरिरहँदा पनि पृथ्वीको बाहिरी सतहमा रहेका वायु, पानीजस्ता ग्यास तथा तरल पदार्थहरू पृथ्वीबाहिर उछिट्टिएर जान सकिरहेका छैनन् । यो चुम्बकीय तरंगरूपी महाजालोले पृथ्वीलाई खगोलीय आकाशमा जोगाइरहेको छ ।

हामी बसेको जीवित पृथ्वीको १० हजार किलोमिटर माथिसम्म हावा फैलिएको छ । यो हावा फुस्किएर, चुँडिएर वा छरिएर त्यहाँबाट अन्यत्र कतै पनि जान सक्दैन र गएको पनि छैन । बरू यो पृथ्वीको वरिपरि आफ्नो निश्चित तह बनाएर बसेको छ । यसले पृथ्वीमा प्राणीको अस्तित्वका लागि अनुकूल वातावरण कायम गरिरहेको छ । प्राणी तथा वनस्पतिका लागि हरक्षण अत्यावश्यक पर्ने अक्सिजन पृथ्वीमै रोकेर र सूर्यबाट आउने विकिरणका लागि ओजोन तह निर्माण गरी छिर्न नदिएर जीव, वननस्पति र जगत्को रक्षा गरिरहेको छ । यो चुम्बकीय प्यारासुटको कमाल हो ।

पृथ्वीलाई बचाइरहेको यो प्यारासुट पृथ्वीको भित्री वा केन्द्रमण्डलमा रहेको ८८ प्रतिशत फलामका कारण उत्सर्जित ऋणात्मक झड्काहरूको कलात्मक तथा लचक पुञ्ज हो । यसले पृथ्वीको आफ्नै गुरूत्वबल र गुरूत्वाकर्षण शक्तिमा निरन्तर गति पैदा गरिहेको छ । यसरी पृथ्वी आफैले आफ्नो चुम्बकीय क्षेत्र बनाएको छ । आफूलाई पनि सुरक्षित राखेको छ । यही चुम्बकीय प्यारासुटका कारण पृथ्वी न त अरू ग्रहहरूसँग ठोकिन जान्छ, न त अरूलाई यसमा ठोकिन दिन आउँछ । परिभ्रमणका क्रममा कहिलेकाही सूर्य, तारा या अरू ग्रहको नजिक हुँदा पनि यही चुम्बकीय शक्तिको सन्तुलनले अरू पिण्डलाई विकर्षित गराइदिने र पृथ्वी जोगाइराख्ने क्षमता पैदा गरिरहेको छ । यसले पृथ्वीको जीवन र जगत्का लागि निश्चित क्षितिजीय शक्तिसहित ‘लक्ष्मण रेखा’ कायम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 361 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा