नेपाली सेनाका रथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं । मन्त्रीपरिषद् बैठकले नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले जन्ममिति कीर्तेसम्बन्धि विवादभएपछि राजीनामा बुझाउनुभएका नेपाली सेनाका उपरथी पाण्डेको २०८० कात्तिक २४ गतेबाट लागु हुनेगरी राजीनामा स्वीकृत गरिएको मन्त्री शर्माले राजीनामा स्वीकृत गरेको हो ।

यस्तै मन्त्रीपरिषद् बैठकले ऊर्जा सचिव दिनेशकुमार घिमिरेले अवकाश हुनुभन्दा एक महिना अघि दिएको राजीनामा पनि स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

स्वीजरल्याण्ड सरकारले दिने अनुदान स्वीकृत गर्ने निर्णय
नेपालको प्राविधिक शिक्षाको क्षेत्रकालागि स्वीजरल्याण्ड सरकारले ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान दिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो अनुदान स्वीकृत गर्ने निर्णय समेत गरेको छ । मन्त्रीपरिषद् बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

प्रज्ञा प्रतिष्ठानदेखि सेन्सर बोर्डसम्म पदाधिकारी विहीन