फिदिम–५ का वडाध्यक्षको मृत्यु

पाँचथर । जिल्लाको फिदिम–५, का जननिर्बाचित वडा अध्यक्ष लीलाराज तुम्बापोको शुक्रबार मृत्यु भएको छ । उनको झापाको बिर्तामोडस्थित बी.एण्ड सी.अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

तुम्बापोको रक्त अल्पताका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । वडा अध्यक्ष तुम्बापो केही साता अघिदेखि अस्वस्थ बनेका थिए । उनी सुनसरीको धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर बुधबार मात्र घर पुगेका थिए । स्वास्थ्यमा केही सुधार आएपछि घर फर्केका उनी बिहीबार बिहान अचानक बेहोस भएका थिए ।

त्यसपछि उनलाई फिदिमस्थित समर्पित अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि सोहि दिन साँझ उनलाई हेलिकप्टर मार्फत बी.एण्ड सी.अस्पताल लगिएको नेकपा फिदिम–५, का अध्यक्ष अबिनाश तुम्बापोले बताए ।

उनको भेन्टिलेटरमा राखेर उपचार गरिए पनि शुक्रबार दिउसो निधन भएको हो । ३५ बर्षीय तुम्बापो गत स्थानीय तह निर्बाचनमा नेकपाको तर्फबाट फिदिम–५, को वडा अध्यक्ष निर्बाचित भएका थिए । तुम्बापो राष्ट्रिय युवा संघ, पाँचथरका सह–संयोजक रहेका थिए ।
(तस्विर उनको फेसबुकबाट)

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई