पृथ्वी ५ पुग्न लाग्दा सूर्य २१ वर्ष !

मानिसको जीवन सुन्दर छ, किनकि मृत्यु अवश्यम्भावी छ । फूल अति सुन्दर छ, किनकि उसको जीवन क्षणभंगुर छ । पृथ्वी अतिसुन्दर छ, सूर्य उस्तै स्मार्ट ! फरक यत्ति हो, पृथ्वी सौम्य जीवन्त र सूर्य तृप्त जीवन्त ! यी दुवै कति वर्षका भए ? कति वर्षसम्म सौर्य परिवार बाँच्छ होला ! मानव वा जीवको अस्तित्व कहिलेसम्म रहला ? यो चेतनशील मानवका लागि कुतकुतीको विषय हो ।

कतिपय वैज्ञानिकले पृथ्वी सूर्य टुक्रिएरै बन्यो भन्छन् । यो कुरा सही हो भने त पृथ्वी सूर्यको अभिन्न अंग ! कि त्यसैले पनि हो, सूर्यले पृथ्वी बचाउने र पृथ्वीले सूर्य पछ्याउने गरेको ? तर, अरू कतिपय वैज्ञानिकले ससाना कणहरू जम्मा हुँदै जाँदा पृथ्वी बन्यो भन्ने गरेका छन् । एउटा यथार्थता के हो भने सूर्य भएकै कारण पृथ्वीमा जीवन सम्भव भइरहेको छ । मानव जीवनका लागि यति ठूलो महŒव राख्ने सूर्य कति वर्र्षासम्म बाँच्ला !

‘बालो मर्ने, बंैसै मर्ने, बुढो भए अवश्य मर्ने’ भन्छन् । बुढो त भइसकेको छैन सूर्य, कति वर्ष पुग्यो होला ? चासो र जिज्ञासा मात्र नभएर यो विज्ञानसम्मत खोज र अनुसन्धानको कुरा पनि हो । जो कोही पनि यो कुराबाट विमुख हुन चाहँदैन । सायद, सक्दैन पनि ।

हामीले थाह पाएको कुरा, वृत्ताकार कक्षमा परिक्रमा गर्ने क्रममा सूर्यबाट हाम्रो पृथ्वी कहिलेनजिक त कहिले टाढा हुने गर्छ । यो टाढा र नजिक हुने क्रम वर्षमा दुईपटक हुन्छ । सूर्यको परिक्रमणका क्रममा पृथ्वी २९ दशमलव ७८ किलोमिटर प्रतिसेकेन्डको तीव्र गतिमा वृत्ताकारको कक्षमा हुइँकिएर अघि बढिरहन्छ । तर, हामी बसेको पृथ्वीबाट १४ करोड ९६ लाख किलोमिटर टाढा रहेको सूर्य कहिल्यै भेटिने र नजिक पर्ने होइन ।

एकले अर्कालाई बचाउने र एकले अर्कालाई पछ्याउने यी सूर्य र पृथ्वी अहिले कति वर्ष पुगे होलान् ? कसरी थाह पाउने यिनीहरूको उमेर ! कसलाई सोध्दा थाह हुन्छ होला ?

यो कुरा थाह पाउन सूर्यको उमेर कति भयो भनेर खोज्नैपर्छ । जस्तो पृथ्वीको उमेर कति भयो भन्ने खोज्न सूर्यलाई आधार मानेर सोधीखोजी गर्छौं । सौर्य परिवारमा रहेको नाताले सूर्यसँग ‘तिम्रो परिवारको सदस्य रहेका पृथ्वी कति वर्ष पुगे’ भनेर सोधखोज गर्दा सूर्यले भनिदिने पो हो कि !

सूर्यले ‘मेरो सदस्य पृथ्वीको उमेर तिमीले मानव वर्षको आधारमा गणना गर’ भनेर भनिदिए हामीलाई सजिलो पनि हुने । हामी खोजी गर्छौं पनि । यो सही विधि पनि हो । ‘वीरबल र अकबर’को कथामा अकबर बादशाहले मन्त्री वीरबललाई ‘पृथ्वीको माझ कहाँ छ’ भनी सोध्दा वीरबलले ‘म उभिएकै ठाउँमा छ, नपत्याए नाप्नुस्’ भनेर जवाफ दिएका थिए । हामीले पनि मानव वर्षका आधारमा पृथ्वीको उमेर थाह पाउन सक्छौं । मानव वर्षकै आधारमा पृथ्वीको जन्म ४ दशमलव ६ अर्ब पहिले भएको मान्दा पृथ्वीको हालको उमेर ४ वर्ष ६ महिना !

पृथ्वीले सूर्यको परिक्रमा गरेजस्तै सूर्यले ग्यालेक्टिकल सेन्टरको वरिपरि परिक्रमा गर्ने गर्छ । परिक्रमाको यो गति २४० किलोमिटर प्रतिसेकेन्ड रहेको छ । पृथ्वीलाई सूर्यको एकपटक परिक्रमा गर्न ३६५ दिन वा एक मानव वर्ष लागेजस्तै सूर्यलाई ग्यालेक्टिकल सेन्टरको एकपटक परिक्रमा गर्न झन्डै २३ करोड मानव वर्ष लाग्छ ।

खगोलविद् भन्छन्, ‘जन्मदेखि अहिलेसम्म सूर्य ग्यालेक्टिकल सेन्टरको वरिपरि २१औं पटक परिक्रमाको क्रममा’ छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने समय मानव वर्षमा गणना गरिए झैं सूर्यले ग्यालेक्टिक सेन्टरको परिक्रमा गर्ने समयको मापन ‘ग्यालेक्टिकल इयर’ वा ‘कस्मिक इयर’मा गरिन्छ ।

एक कस्किम वा ग्यालेक्टिकल इयर बराबर २३ करोड मानव वर्ष हुन्छ । यही परिक्रमणको आधारमा तय गरिने हो भने सूर्यको आयु २० ग्यालेक्टिक वा कस्मिक वर्ष पुगेर २१औं वर्षमा चलिरहेको छ । यस अर्थमा सूर्यको उमेर २१ वर्ष पुग्न थालेको छ । पृथ्वीको उमेर ५ वर्ष पुग्दै छ ।
(स्रोत/सामग्री : हाम्रो खगोल पुस्तक र विकिपिडियाको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 454 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महाधिवेशन : पदाधिकारी चयन गर्नका लागि मतदान सुरु