बुद्धभुमि खेल महोत्सव सुरु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ बुड्ढिमा खेल महोत्सव सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित खेल महोत्सव आयोजना गरिएको हो ।

खेल प्रतियोगिता उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले शिक्षा, स्वास्थ्यसँग जोडिएको खेल स्पर्धाबाट नगरपालिकालाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । खेलाडी राष्ट्रका गहना भएकाले तिनको क्षमता विकासमा प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा बुद्धभुमी नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले बुद्धभुमी भित्रका खेलाडीले नगरको मात्र नभई जिल्ला हुँदै राष्ट्रको नाम राख्न सक्ने अपेक्षासहित खेल स्पर्धा सञ्चालन गरिएको जानकारी दिए ।

बुद्धभुमी नगरपालिकाले खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनको भनाइ छ । विगत वर्षजस्तै यो वर्ष पनि खेल महोत्सवलाई प्राथमिकतामा राख्दै व्यवस्थित गरिएको श्रेष्ठले बताए ।

खेल महोत्सवमा बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रव नेपालले खेलकुद प्रतियोगिताले युवायुवतीलाई सही बाटोमा हिँडाएर राष्ट्रका लागि योगदान दिन सक्ने बताए ।

खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र मेयर कप शीर्षकमा विभिन्न खेल स्पर्धा हुनेछ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, कपर्दी प्रतियोगिता हुनेछन् । मेयर कपतर्फ एथलेटिक्स खेलाइनेछ ।

बुद्धभुमी नगरपालिकाको आयोजनामा बुधबारबाट सुरु भएको महोत्सवमा १० वटा वडा २४ वटा विद्यालयबाट खेलाडीको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा अधिकृत कृष्णप्रसाद भट्टराईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

बालगोपालेश्वरको भाइटीका प्रभावित