दैलेख । दैलेखमा जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ।स्वास्थ सेवा कार्यालय दैलेखको आयोजना गरिएको टाइफाइड खोप अभियान परिचयात्मक कार्यक्रम सरकारवालासँग छलफल गरिएको हो।
पुषको ७ गतेदेखि २० गतेसम्म टाइफाइड खोप सम्बन्धि अभियान चल्ने स्वास्थ्य सेवा कार्यालय दैलेख खोप व्यवस्थापक थिर प्रसाद रेग्मीले बताए ।उनले एक बर्ष बढी उमेरका बालबालिकाको लागि खोप सेवा विस्तार गर्दै जाने उनले जानकारी दिए।
उनले दैलेखका सबै पालिकालाई समन्वय गरेर अगाडि बढ्ने जानकारी दिए।१६ वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइड खोप दिन लागिएको उनले बताए।
टाइफाइड खोप अभियानको लक्ष्य, उद्देश्य र सञ्चालन प्रक्रिया तथा उपलब्धी तथा अबस्थाको ’boutमा सरेकारवालाहरुलाई जानकारी गराई स्थानीय स्तरमा त्यसको पहुँच बृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको उनले बताए ।दैलेखका ११वटा पालिकामा खोप सम्बन्धि तालिम स्वास्थ्यकर्मीलाई दिने उनले समेत जानकारी दिए।पहिलो चरणमा पौष ६गते देखि २० गते सम्म दैलेखका चामुण्डाबिन्द्रासैनि नगरपालिका ,दुल्लु,नगरपालिका आठबिश नगरपालिका ,ठाटिकाँध गाँउपालिका, दोस्रो चरणमा नारायण नगरपालिका ,भैरवी गाँउपालिका,नौमुले गाँउपालिका,महाबु गाँउपालिका, तेस्रो चरणमा गुराँस गाँउपालिका ,डुवेश्वर गाँउपालिका,भगवती गाँउपालिका खोप अभियान संञ्चालन गरिने खोप व्यवस्थापके रेग्मीले बताए ।
यस्तै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाही जिल्लामा खोप अभियानमा सबै राजनीतिक चासो राख्नुपर्ने बताए ।दैलेख पंञ्चकोशीको जिल्ला हो। यसलाई सबैले ध्यान दिनुपर्ने उनले जानकारी दिए।दैलेखको पर्यटकिय क्षेत्रलाई पचार प्रचास गर्न सबैको महत्त्वपूर्ण भूमिका रहनुपर्ने उनले जानकारी दिए। यस अभियानको व्यवस्थित र प्रभावकारी संञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग उनले आग्रह गरे ।
यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ ।






