‘मुलुकको समृद्धिका लागि नेकपा एमालेको विकल्प छैन’

पाँचथर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि नेकपा एमाले निर्विकल्प शक्ति भएको बताएका छन् ।

पाँचथर सदुमुकाम फिदिममा शनिबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय चाहना नेकपा एमालेको नेतृत्वबाट मात्र पूरा हुने दोहो¥याए । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत अन्तिम सन्देश सभालाई फिदिममा सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष ओलीले नेपाली जनताको यहिं चाहनालाई मूर्त रुप दिन आफ्नो पार्टी ‘मिशन ८४’ मा रहेको बताए । मुलुकको बिकासका लागि २०८४ मा नेकपा एमालेले एकल बहूमत ल्याउन आवस्यक रहेको ओलीको भनाई थियो ।

ओलीले मुलुकको नेतृत्व गठबन्धन सरकारको हातमा पुगेपछि अर्थतन्त्र डामाडोल भएको उल्लेख गरे । गठबन्धन सरकारले आफू नेतृत्वको सरकारले सुरुवात गरेका बिकास निर्माणका कामहरुलाई लथालिङ्ग बनाएको ओलीले आरोप लगाए । उत्पादनमा कमी आउनु, बिकास निर्माणका कार्यमा सुस्तता छाउनु, आम नगरिकमा निरासा बढ्नुले गठबन्धन सरकारको असफलता छर्लङ्ग पार्ने उनले बताए । दलीय रुपमा मतभेदहरु रहनु स्वभाविक भएको बताउदै ओलीले मुलुकको हितका लागि आपसमा संवाद गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गरे । देशको अर्थतन्त्र चलायमान बनाउन चिनसँगका सीमानाकाहरु खोल्नुपर्नेमा ओलीले जोड दिए ।

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रा मध्यपहाडी (पुष्पलाल) लोकमार्गलाई पछ्याउदै शनिबार पाँचथर आइपुगेको हो । सदरमुकामस्थित फिदिम खेलमैदानमा भएको सन्देश सभालाई सम्बोधन गर्नुपूर्व ओलीले पुष्पलाल बहूउदेश्यीय भवनको उद्घाटन गरेका थिए । सो भवनमा नेकपा एमाले पाँचथरको कार्यालय रहने नेकपा एमाले पाँचथरका कार्यबाहक अध्यक्ष विष्णु प्रसाद सापकोटा (बिमल) ले जानकारी दिए । सन्देश सभामा पाँचथरसँगै छिमेकी जिल्लाहरु तेह्रथुम, ताप्लेजुङ, इलाम, झापा लगायत जिल्लाका नेता–कार्यकर्ता सहभागि थिए ।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको कोशी प्रदेश बन्दको बावजुद कडा सुरक्षा व्यवस्थाकाबीच नेकपा एमालेले सन्देश सभा सम्पन्न गरेको हो । शनिबार बिहानैदेखि फिदिममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो । अध्यक्ष ओली सहितको पार्टी पदाधिकारी, नेता–कार्यकर्ता, जनवर्गीय संगठन लगायतको टोली आइतबार मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पूर्वी विन्दु नेपाल–भारत सीमावर्ती क्षेत्र याङ्वरक गाउँपालिकाको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको नेकपा एमाले पाँचथरका प्रचार विभाग प्रमुख तुलसी क्षितिजले बताए । चिवाभञ्ज्याङमा अध्यक्ष ओलीले संकल्प यात्राको समापन गर्ने कार्यक्रम रहेको छ ।

यद्यपी, कोशी प्रदेशका विभिन्न स्थानबाट पक्राउ परेका पहिचानवादी नेता र अभियन्ताहरुको बिनासर्त रिहाइको माग राख्दै प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी प्रदेशमा यातायात बन्दको घोषणा गरेको छ । ‘कोशी’ नाम सच्याएर पहिचान र सभ्यताको आधारमा प्रदेशको पुनः नामाङ्कन गरिनुपर्ने माग गर्दैै आन्दोलनरत संघर्ष समितिको बन्द घोषणाका कारण जिल्लाको सुरक्षा व्यवस्ता चुस्त पारिएको पाँचथर प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

epaper

ताजा समाचार

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था