विश्वको सबैभन्दा अग्लो शृंखला हो, हिमालय । यो पृथ्वीको सबैभन्दा माथि उठेको जमिनको भाग हो । विश्वको सबैभन्दा कान्छो शृंखला पनि हो, हिमालय । हिमालयको अधिकांश भाग नेपालभित्र पर्छ । युरेसियन तथा इन्डो–अस्ट्रेलियन टेक्टोनिक प्लेटको जुधाइका कारण यो प्रतिवर्ष २० मिलिमिटरका दरले माथि उठिरहेको छ ।
हिमनदी हिमालयबाट बग्छन् । यहाँ दुर्लभ जन्तु तथा वनस्पति पाइन्छन् । हिमालय शृंखलाले भारत, पाकिस्तान, भुटान, आफगानिस्तान, चीन र नेपाललाई जोडेको छ । हिमालयको सबैभन्दा अग्लो चुचुरो सगरमाथा नेपालमै पर्छ । नेपालमा पर्ने हिमालयका चुचुराका नाम भगवान्का नामबाट राखिएकाले नेपाललाई स्वर्ग भनिन्छ । तथापि, प्राकृतिक आश्चर्य र आकर्षणका हिसाबले नेपाल भूस्वर्ग हो ।
हिमालय हिन्दू परम्परा र संस्कृतिनुसार आफैंमा भगवान् हो । यसलाई ‘गिरिराज’ भनेर पुकारिन्छ । गिरिराज भनेको आफैंमा भगवान्को नाम हो । गिरि भनेको पहाड र राज भनेको देवता हो । त्यसैले, हिमालयमा भगवान्को राज (बास) रहेको मानिन्छ ।
हिमालयको चुचुरामा रहेको हिउँ कहिल्यै पग्लँदैन भन्ने विश्वास गरिन्छ । तर, अहिले ‘विश्वतापमान’का कारण हिउँ पग्लन थालिसकेको छ ।






