प्रदीप खड्का टिम अन्यौलमा

काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई लिएर नयाँ चलचित्र ‘एक्टर’को निर्माण यसैसाता घोषणा गरिएको छ । तर ‘एक्टर’ नाममै नयाँ चलचित्र निर्माण भएको छ । यो चलचित्रको दुई दिन अघि सेन्सर बोर्डबाट सेन्सर समेत भईसकेको छ ।

अभिनेता प्रिन्स थापाको मुख्य भूमिकामा चलचित्र एक्टर सेन्सर पास समेत भएकाले अब यो नामबाट प्रदीप खड्काले नयाँ चलचित्र खेल्न नपाउने भएका छ । प्रदीप खड्काले अभिनय गर्ने भनिएको एक्टरको नाम अब परिवर्तन गर्नु पर्ने भएको छ ।

यता नयाँ चलचित्र एक्टरको काठमाडौंमा एक समारोहबीच ‘च्यारिटी शो’ आयोजना गरिएको छ । यो चलचित्रलाई लायन्स क्लब अफ काठमाडौं सिद्धीले अपाँग असहायहरुको सहयोगका लागि च्यारिटी गरेको लायन्स सुमी रँजितले जानकारी गराईन् ।

यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । तन्नेरी पुस्ताको लागि लक्षित गरेर आफुहरुले यो चलचित्रलाई तयार गरेको उनले बताए,‘चलचित्र सेन्सर पास भएको छ । अब यसलाई हामी चाँडै नै देश बिदेशमा एकसाथ रिलिज गर्दैछौं ।’ उनले भने ।

यो चलचित्रमा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, सरोज खनाल, कृष्ण मल्ललगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । एउटा युवा नायक बन्ने सपना सँगालेर गाउँबाट काठमाडौं आएपछि उसले फिल्ममो नायक बन्न गर्नु परेको सँघर्षको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा सरोज खनाल र कृष्ण मल्ल चलचित्रकै सोही नामबाट सिनेकर्मीकै भूमिकामा छन् ।

यो चलचित्रलाई संगीतकार सम्राट थापा, सफलता थापा, सञ्चारकर्मी मनोहरि थापा लगायतले निर्माण गरेका हुन् । चलचित्र’bout सञ्चारकर्मी मनोहरि थापाले राजधानीसँग भने,‘लामो समयदेखि पत्रकारको रुपमा रहेको म यसपटक चलचित्र निर्माताको रुपमा एक्टर मार्फत प्रस्तुत भएको छ । तन्नेरी पुस्ताले सिनेमामा कलाकार बन्न देख्ने सपना र त्यो सपनालाई पुरा गर्न कस्ता सँघर्ष गर्नु पर्छ भन्ने निकै राम्रो कथा हामीले यसमा प्रस्तुत गरेका छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण