खैरो हिरोइनसहित एकजना पक्राउ

सिन्धुली । खैरो हिरोईन सहित सिन्धुलीमा शनिबार दिउँसो एक जना पक्राउ परेका छन । सुनसरीको बराहा नगरपालिका ३ का खगेन्द्र बुढाथोकी ८ दशमलब ५४० ग्राम खैरो हिरोईन सहित सिन्धुलीमाढीको शिवनगर चेकपोष्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

वा७७प९७७ नम्बरको मोटरसाईकलमा आएका उनलाई चेकजाँच गर्ने क्रममा खैरो हिरोइन सहित पक्राउ गरिएको र सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले बताए ।

उनका अनुसार बुढाथोकीको पर्सबाट ०.४३० ग्राम र मोटरसाईकलको फिल्टरभित्र कालो प्लाष्टिकमा लुकाई राखेको ८.११० ग्राम खैरो हिरोइन जफत गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे