वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

दैलेख । प्रभु बैंक लिमिटेड शाखा कार्यालय दैलेख बजारले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।दैलेख सदरमुकाम रहेको बैंकसम्म आउन नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि नारायण नगरपालिकाको समन्वयमा बैंकले वडास्तरबाट सेवा दिन थालेको हो ।

नारायण नगरपालिका वडा नं १० र ११मा रहेका लाभग्राहीलाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रभु बैकं लिमिटेड दैलेख शाखाका प्रबन्धक उमेश प्याकुरेलले जानकारी दिए।अशक्त, अपाङ्गता भएका नागरिक र ज्येष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको उनले राजधानीलाई जानकारी दिए ।

जेष्ठ नागरिक, एकलमहिला, अपांगता भएका व्यक्तीको खर्च समेत बचत हुने भएकाले वडा कार्यालयमा गएर समाजिक सुरक्षा भत्ता बितरण गरिएको अन्य नारायण नगरपालिकाका वडामा समेत बितरण गरिने प्रबन्धक प्याकुरेलले जानकारी दिए ।

नारायण नगरपालिका र वडा कार्यालय,बैकंको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुले सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही,अपाङ्ग लगायतको समय रकम बचत भएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताए ।

यसअघि सामाजिक सुरक्षा भत्ता लिनका लागि नागरिकहरुलाई सास्ती भएकाले वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरणले जेष्ठ नागरिक, एकलमहिला, अपांगता भएका व्यक्तीलाई दैलेख सदरमुकाम आउने गरेको बाध्यता हटेको उनको भनाई छ ।उनले टाढाका वडाका नागरिकलाई आर्थिक बर्ष देखि यो कार्यक्रम लागु गरिएको बंैक सम्म आउन नसक्ने जेष्ठ नागरिक, एकलमहिला, अपांगता भएका नागरिकलाई समेत बितरण गरिने उनले बताए ।वडाबाटै भत्ता पाउँदा स्थानीय खुसी भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

शिशुवा–खुदीखोला सडक स्तरोन्नति