तीन श्रष्टालाई एक लाख राशीको सम पुरस्कार प्रदान

काठमाडौं । नाट्यसम्राट् बालकृष्ण समको १२२ ओैँ जयन्तीका अवसर पारेर त्रिमूर्ति निकेतनले तीन जना श्रष्टालाई जनही १ लाख रुपैयाँ सहित पुरस्कृत गरेको छ । निकेतनले शनिबार सञ्चारग्राम, सिनामँगलमा आयोजना गरेको सम जयन्तीको अबसरमा सो पुरस्कार प्रदान गरेको हो ।

समारोहमा प्रा.मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गरियो । ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदानका निम्ति उनलाई सो पुरस्कार प्रदान गरिएको निकेतनकी अध्यक्ष इन्दिरा प्रसाईंले जानकारी गराईन् ।

यस्तै नाट्यकर्मी हरिबहादुर थापालाई ‘बालकृष्ण सम नाट्य पुरस्कार’ प्रदान गरियो । नेपाली नाट्यविधाको श्रीवृद्धिमा निरन्तर समर्पित रही अभिनयकलाको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन विशिष्ट योगदानका निम्ति उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।

सोही समारोहमा जयप्रसाद पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरियो । विगत ६ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको संवद्र्धन एवम् महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशन गरेबापत पाण्डेलाई पुरस्कृति गरिएको कार्यक्रममा जनाईयो । यी तीनै जनालाई ताम्रपत्रका साथै जनही एक लाख रूपियाँ पुरस्कार रकम पनि प्रदान गरियो ।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजनमा सो पुरस्कार प्रदान गरिएको कार्यक्रममा जानकारी दिईयो । कार्यक्रममा अध्यक्ष प्रसाईसहित पुरस्कार बिजेता तीन श्रष्टा, कार्यक्रम संयोजक यादव भट्टराई र सदस्यसचिव नरेन्द्रराज प्रसाईले नेपाली नाटक र साहित्यमा बालकृष्ण समको योगदान’bout चर्चा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

दिक्तेलमा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न