गौतम स्नोकर च्याम्पियन

पोखरा । पोखरामा आयोजित खुला नेपाल स्नोकर प्रतियोगिताको उपाधि इटहरीका आयुष गौतमले जितेका छन् ।

फाइनल स्कोर स्पोर्टस् बारमा भएको फाइनलमा काठमाडौंका वाङचु तामाङलाई ७–५ सेटमा पराजित गर्दै उनले उपाधिसहित १ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । उपविजेता तामाङले ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

तामाङले भने १३२ को टेबल क्लियरेन्स गरी हाइस्ट ब्रेकसहित रेकर्ड कायम गरेको फाइनल स्कोर स्पोर्टस् बारका अध्यक्ष सोम बिकले बताए । उक्त रेकर्ड यसअघि काठमाडौंका राजन लामाको नाममा (११०) थियो ।

२१ वर्षीय गौतम काठमाडौंको एसके कलेजमा स्नातक तेस्रो वर्षमा पढ्छन् । गत वर्ष काठमाडौंमै आयोजित राष्ट्रिय स्नोकर प्रतियोगितामा समेत उनी विजेता हुन् । ८ वर्षदेखि खेल क्षेत्रमा लागेका उनी एसियन च्याम्पियनसिप २०७९ र भारतमा भएको यु–१९ स्नोकरमा भाग लिएका थिए ।

सेमिफाइनलिस्ट काठमाडौंका राजन लामा र रेगन श्रेष्ठलाई जनही २० हजार साथमा पुरस्कार दिइयो । गत १३ माघदेखि सञ्चालन भएकोे प्रतियोगितामा देशभरबाट १ सय २३ जना खेलाडीले भाग लिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

भाडाको मारमा साइपाल : समान दृष्टिकोण, असमान पीडा