पाथिभरा बनमा भीषण डढेलो, पाथीभरा मन्दिर जोखिममा

सांकेतिक तस्विर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पाथिभरा सामुदायीक बनमा भीषण डढेलो लागेको छ । हिजो साँझबाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आउँन सकेको छैन ।

डढेलोले बनको करिव २५ सय रोपनी क्षेत्रफल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज यदु खड्काले जानकारी दिए । ‘हामीले आगो नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौ ।’ उनले भने ‘ठूलो क्षेत्रफलमा आगो लागेको र भिरालो भूभाग भएकाले आगो नियन्त्रण हुन सकेको छैन ।’

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगलागीका कारण हजारौ बोटबिरुवा जलेर नष्ट भएका छन् । आगोका कारण भेडेटार स्थित पाथिभरा मन्दिरसहित आसपासका होटलहरु पनि जोखिममा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 474 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई