नौ कर्मचारीसहित १ सय ८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित १ सय ८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले नापी कार्यालय चन्द्रगढीका नौ जनासहित १ सय ८७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

दमकमा सरकारी जग्गा हिनामिना प्रकरण

अख्तियारले नापी कार्यालय चन्द्रगढीका नौ जना कर्मचारी, सरकारी सार्वजनिक जग्गा गैरकानुनी तरिकाले स्वबासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका सुरु जग्गा दर्तावाला ६५ जना र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका १ सय १३ जना गरी १ सय ८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

‘सुरु नापीको सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गादर्ताबाट जम्मा क्षेत्रफल २८ बिघा १७ कठ्ठा १३ धुर अर्थात् ३ सय ८४ रोपनी ८ आना १ दाम व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको भेटियो, ती जग्गाहरूको न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख १९ हजार ८ सय १ रुपैयाँ ७५ पैसा हुन आउँछ,’ अख्तियारको अनुसन्धानले निष्कर्ष निकालेको छ ।

झापाको दमक नगरपालिका–१३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ)का जग्गा कित्ता नम्बर ७६०.१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साबिक दमक ६ ‘ग’ र दमक ५ ‘ख’बीचको मार्जिनका जग्गा स्वबासी प्रक्रियाबाट व्यक्तिको नाममा लगेको घटनामा अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको हो ।

२०२१ सालको सुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता स्रेस्ताबाट देखिएका ती जग्गा नापी कार्यालय, चन्द्रगढीबाट पुनः नापीका क्रममा विभिन्न व्यक्तिका नाममा स्वबासी प्रक्रियाबाट जग्गा दर्ता गरिएको थियो ।

‘जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६ को उपदफा (६ग) र जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम १५ उपनियम (५)बाट समेत साबिकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नापजाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा साबिकबमोजिम नै सरकारी वा सार्वजनिक जग्गाका रूपमा दर्ता गर्नुपर्ने देखिँदा उक्त ऐन र नियमावलीविपरीत सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गा दर्ता प्रक्रियाबाट व्यक्ति विशेषको नाममा दर्ता गरेको’ आरोपपत्रमा छ,’ सुरु नापीको सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गादर्ताबाट जम्मा क्षेत्रफल १,९५,६१२.१४ वर्ग किमि (१८ बिघा १७ कठ्ठा १३ धुर) (३ सय ८४ रोपनी ८ आना १ दाम) व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको र सो जग्गाको न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख १९ हजार ८ सय १ रुपैयाँ ७५ हुन आउने देखिएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग