कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाको बुद्द रङ्गशालामा प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप सुरु भएको छ। प्रतियोगिताको सुरुवाती खेलमा कपिलवस्तु ११ लाई हराउदै थ्री स्टार क्लवले विजयी सुरुवात गरेको छ।
थ्री स्टारले ३-० गोल अन्तरले कपिलवस्तु ११ लाई पराजित गरेको हो। थ्री स्टारका निरज चौधरीले ३१ मिनेटमा हेडिङ्ग मार्फत गोल गर्दै अग्रता दिलाएका थिए। पुन ३ मिनेटमा थ्री स्टारकै दिपेस घलेले १ गोल थपेका थिए। पहिलो हाफमा २-० को अग्रता कायम गरेको थ्री स्टारले दोश्रो हाल्फमा पुन दिनेश चौधरीको गोल माफत १ गोल थप्न सफल भयो।
आफ्नो उत्कृष्ट खेल प्रदशन गरेका दिनेश चौधरी मेन अफ दि म्याच घोषित भए। यस संगै कपिलवस्तु ११ खेलबाट बाहिरिएको छ भने थ्री स्टार क्लव सेमीफाइनलमा प्रवेश गरेको छ।
तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)






