प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार टेलिफोनवार्ता भएको छ । सो अवसरमा दुइ देशका प्रधानमन्त्रीले कोरोना भाइरस (कोभिड-१९) ले सिर्जना गरेको पछिल्लो अवस्था र त्यसविरुद्धको चालिएका कदमहरुका विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुवै देशका प्रधानमन्त्री कोभिड १९ विरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । फोन वार्तामा नेपालका प्रधानमन्त्री ओलीले नेपाललाई औषधिजन्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका थिए । जुन पाइपलाइनमा रहेको छ । त्यसैगरि बोर्डबाट सहजरुपमा ढुवानी भइरहेको विषयमा ओली र मोदीले सन्तुष्ट व्यक्त गरेका थिए ।

सो अवसरमा भारतमा रहेका नेपाली र नेपालमा रहेका भारतीय नागरिकलाई हेरचाह गर्ने विषयमा समेत छलफल भएको थियो । कोभिड १९ को संक्रमणलाई फैलिन नदिनका लागि दुवै देशका सरकारले समन्वय गरेर अगाडि बढ्ने सहमति भएको बताइएको छ । यतिबेला दुवै देशमा लकडाउन रहेको छ । बोर्डरबाट मानिसहरुको मानिसको आगमन बन्द गरिएको छ । नेपालले आजै चोरबाटोबाट आउने जाने हुन सक्ने आशंकामा केहि स्थानमा स्थायी चेकपोष्ट स्थापना गर्ने निर्णय गर्न थालेको छ ।

सो अबसरमा १५ मार्चमा भएको सार्क देशहरुका उच्चनेतृत्वको भिडियो कन्फरेन्सले सकारात्मक सन्देश दिएको विषयमा समेत छलफल भएको थियो । सबै देशले सार्क आपत्कालिन कोषमा योगदान गरेका छन् । पाकिस्तानले समेत योगादन गरेको जानकारी आएको छ ।

प्रधानमन्त्री ओलीले कोभिड १९ का कारण भारतमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतमा भने ६ हजार ७ सय ७१ ज्नामा संक्रमण देखिएको छ भने २२८ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति