वास्तविक किसानले सुविधा नपाएको गुनासो

दैलेख । नारायण नगरपालिका दैलेखका उप–प्रमुख तप्ता थापाले सरकारी अनुदान बाँड्दा वास्तविक किसानलाई दिनुपर्ने बताएकी छन् ।नारायण नगरपालिका दैलेखले आयोजनमा, फियान् नेपालको सहजिकरण गरिएको किसान परिचय पत्र संवाद कार्यक्रममा उनले किसानलाई प्रोत्साहन गर्न सके उत्पादनमा वृद्धि हुनसक्ने जानकारी बताइन् ।

उनले किसानहरुले राज्यबाट पाउनुपर्ने सुविधा पाउन नसकेको गुनासो गर्दै बाँझो जग्गालाई ब्यबस्थापन गरि नगरपालिकाले उत्पादनमा जोड दिएको बताईन् । वास्तविक किसानलाई परिचयपत्र वितरण गरेर नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न कृषक लक्षित कार्यक्रममा ल्याउने जानकारी दिईन्।उनले नगरपालिकाले किसान परिचयको लागि काम अगाडि बढेकाले वास्तविक किसान भुईतहमा र बारीमै सिमित भएको उनले गुनासो गरिन् ।

कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष सन्त बहादुर केसीले पछिल्लो समयमा खेतीयोग्य जमिन बाँझो रहेको गुनासो गरे । खेतीयोग्य जमिन बाँझो हुँदै जाने चिन्ता व्यक्त गर्दै उनले स्थानिय तहले कृषक लक्षित कार्यक्रममा जोड दिनुपर्ने बताए।उनले दैलेख जिल्लामा कृषकले भनेजस्तै उत्पादन गरेकाले आँउदा दिनमा पनि किसानले उत्पादनमा जोडदिनुपर्ने जानकारी दिए । उनले कर्णाली प्रदेशमा कृषका हकहितमा काम आफहरुले थुप्रै काम गरेको जानकारी बताए।जिल्लाका कृषकलाई पनि परिचय पत्र वितरण गर्नको लागी पहल गरिएको नगरपालिकाले पनि कृषक हकहितका लागि काम गर्नुपर्ने जानकारी दिए।

यस्तै किसानको पहिचान गरी वास्तविक किसानलाई सरकारी अनुदान दिनु आवश्यक रहेको नारायण नगरपालिका कृषि शाखा प्रमुख खेमराज शर्माले बताए। उनले राज्यले किसानलाई अनुदानका कार्यक्रममा अझ धेरै सहयोग गर्नुपर्ने उनले भने । उनले वडाबाट छलफल गरेर वास्तविक किसानलाई छनोट गरेर पठाउनुपर्ने जानकारी दिए ।

स्थानियले वास्तविक किसानलाई राज्यले समेट्न सकिएकोतर्फ ध्यानाकर्षण गराउँदै आगामी दिनमा समेट्न आग्रह गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको १७ मध्ये १० पालिकाका कांग्रेसका उम्मेदवार निर्वाचित (सूचीसहित)