बारामा ट्राफिक सप्ताह सुरु

बारा । प्रमुख जिल्ला अधिकारीले ट्राफिक सप्ताहको उदघाटन गरेका छन् । जिल्ला ट्राफिक कार्यालय बाराले आयोजना गरेको सडक सुरक्षा सप्ताहको प्रमुख जिल्ला अधिकारी शंशिधर घिमिरेले उदघाटन गरेका हुन ।

जितपुर सिमरा उपमहानगरपालिकामा ट्राफिक कार्यालयको आयोजनामा भएको सडक सप्ताह कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक महेन्द्र खड्का, अनुसन्धान प्रमुख दिपक खड्का सुरक्षा प्रमुख, विभिन्न विधालयका विधार्थी लगायतको सहभागितामा ट्राफिक सम्बन्धि जनचेतना जगाउन नगरको परिक्रमा गरि जनचेतना फैलाइएको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले आफ्नो ज्यान भन्दा ठुलो केही नभएको बताए । बिहान घर परिवारबाट छुटेर काममा जाने जो कोही पनि सोही अनुरुप घर फर्किन ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिए । सवारी साधनको गति नियन्त्रण गर्न सके मात्र दुर्घटनाबाट जोगिन सकिने घिमिरेले बताए ।

त्यस्तै प्रहरी उपरीक्षक महेन्द्र खड्काले कार्यक्रममा धन्यवाद दिदै ट्राफिक नियम मिल्नेले गर्व हैन कि लाज मान्नुपर्ने बताए । सवारी साधन हाक्दा गतिको नियन्त्रण र हेल्मेट अनिवार्य सबैले लगाई दिदा सवारी दुर्घटना नियन्त्रण गर्न सकिने खड्काले बताए ।

सडक दुर्घटना हुनुको मुख्य कारण अव्यवस्थित सडक समेत रहेको उनले बताए । सवारी साधन चलाउदा अनिवार्य हेल्मेटको प्रयोग गर्ने बानी बसाल्नुमा जोड दिएका थिए । सक्दो प्रयास गरौ पछाडि बस्नेले समेत हेल्मेट प्रयोग गरिदिदा दुवैको ज्यान सुरक्षित हुने प्रहरी उपरीक्षक खड्काले बताए ।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक राम कुमार महतोले स्वागत मन्तव्यमा बोल्दै ट्राफिक नियम मिचेकोले आफ्नो ज्यान जोखिममा डालेको बुझ्नुपर्ने बताए । जो सुकैले पनि सवारी साधन चलाउदा ट्राफिक नियमको पालना गरे सवारी दुर्घटना न्युनीकरण गर्न सकिने महतोले बताए ।

आर्थिक मसान्त सम्म करिव ८ सय भन्दा बढीले सडक दुर्घटनामा ज्यान गुमाएको उनले बताए । सवारी साधन जहिले पनि आफ्नो कन्ट्रोलमा हुनुपर्ने महतोले बताए । ठुला सवारी साधन प्रयोग गर्दा झ्याल बाहिर शरीरको कुनै अङ्ग ननिकाल्न र ट्राफिक नियमको पालना गर्न विधार्थीहरूलाई उनले आग्रह गरेका थिए ।

ट्राफिक सप्ताह कार्यक्रममा ६ गते देखि १२ गते सम्म सिमरा, अम्लेखगंज, निजगढ, कोल्हवी, तेलकुवा लगायतको ठाउमा मैकनिकल चेकजाँच, आखा शिविर, सडक नाटक, दिप प्रज्वलन लगायतको जनचेतना मुलक कार्यक्रम गरिने महतोले बताए ।

प्रमुख जिल्ला अधिकारी शंशिधर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा, प्रहरी उपरीक्षक महेन्द्र खड्का, अनुसन्धान प्रमुख दिपक खड्का, ज्वाला गण बाहिनीका प्रमुख सेनानी कुमार खड्का, २८ न गणका सेनानी अमित श्रेष्ठ,१२ नम्बर गणका शसस्त्र प्रहरी नायव उपरीक्षक कुमार बराल, कृष्ण बहादुर अर्याल, वडाध्यक्ष सुनिल गुप्ता, उधोग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा,
लगायत सुरक्षाकर्मीको, बिधार्थी, व्यापारी लगायतको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग