मोदीबेनी घाटमा लासहरुबीच कलाकारको अभिनय

काठमाडौं । पर्वतको मोदीबेनी घाटमा अझै पनि केही समुदायले आफन्तको लास कात्रोमा बसेर ढुँगाले थिचेर राख्ने गर्छन । यस्ता लासलाई पछि बढीमा गाईन्छ । यो प्रथालाई चलचित्र ‘मोदीबेनी’मा समेटिएको छ । त्यहाँ राखिएका आधा दर्जन दुर्गन्धित लासहरुबीच सोही घाटमा यो चलचित्रको छायाँकन गरिएको थियो ।

कलाकारले सेट लगाएर अन्यत्र यो दृष्यका छायाँकन गर्ने प्रस्तावलाई ठाडै अस्विकार गरेर निर्देशक शँकर कोईरालाले चलचित्र मोदीबेनीको छायाँकन मोदीबेनी घाटमै गरे,‘अभिनेत्री बर्षा सिवाकोटीले निर्वाह गरेको शबलाई रातभर घाटमै राखेर कुर्नु पर्ने र भोलीपल्ट त्यो शब जलाउनु पर्ने दृष्य थियो । तर त्यो घाटमा महिनौ देखि केही शबहरु कात्रोमा बेरेर ढुँगाले थिचेर राखिएको दृष्य र त्यसको दुर्गन्धले हामीलाई चलचित्रको छायाँकन गर्न निकै सकस भएको थियो ।’ अभिनेता प्रविण खतिवडाले भने,‘हामीले यस्ता लासहरु घाटमा महिनौ नराख्न र तत्कालै जलाउनु पर्ने सुझाब त्यहाँको नगरपाकिालाई पनि दियाँै । तर त्यहाँको प्रचलन नै त्यस्तै रहेकाले आफुहरुले लास जलाउनको लागि बाध्य तुल्यान नसकेको जवाफ नगरपालिकाका पदाधिकारीले दिए ।’

मोदीबेनीमा लास हिड्छ भन्ने एक समुदायको कथन छ । सोहीकारण उनीहरुले घाटमा लागेर शबलाई कात्रोसहित ढुँगाले थिचेर राख्दा रहेछन् । पछि बाढी आएपछि त्यो कुहिएको तथा सुकेको लासलाई बगाईँदो रहेछ । शुक्रबारबाट रिलिज हुने चलचित्र मोदीबेनीमा यो कल्चरलाई केही मात्रामा समेटिएको छ । तर शबलाई ढुँगाले थिचेर महिनौ राख्ने कुप्रथालाई आफुहरुले चलचित्रमा स्थान नदिएको निर्माता दिलिप केसीले बताए ।

अभिनेत्री वर्षा सिवाकोटी र नवोदित अभिनेता अमर प्रताप श्रेष्ठले पनि घाटमा गएर दुर्गन्धित लासहरुको सामु तीन दिनसम्म छायाँकन गर्दा निकै कठिन भएको बताए,‘त्यो अबधिमा मलाई यतिधेरै घिन लाग्यो की मैले केही दिन खान पनि खाईन् ।’ अभिनेत्री वर्षाले भनिन्,‘त्यहाँ छायाँकन गर्दा केही अप्रिय घटनाहरु पनि भए । तथापि हामीले आफ्नो काम राम्ररी गर्न सक्यौं ।’

काठमाडौंमा बुधबार बेलुका यो चलचित्रको प्रिमियरमा मोदिबेनीको धेरैले प्रसँसा गरे । प्रसँसाले आफुहरु खुसी भएको अभिनेत्री रेजिना उप्रेतीले बताईन् । यो चलचित्रमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती, स्नेहा भट्टराई, प्रवीण खतिवडा, दिलीप के.सी., कमल मणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल : कीर्तिपुरमा चौका–छक्का, सुर्खेतको घण्टाघरमा हुटिङ र उत्सव