काठमाडौं । युवाहरुको लागि बिगत दुई दशकदेखि आयोजना हुँदै आएको मिष्टर नेपालमा यसपटक ३८ प्रतियोगीहरु फाईलनमा प्रतिस्पर्धा गर्दै छन् । आयोजक संस्था नेक्स मोडल नेपालले बुधबार पत्रकार भेटघाट मार्फत यो प्रतियोगिताको लागि अहिले ३८ जना प्रतियोगी प्रशिक्षणमा रहेको जनाएको छ ।
यसरी अन्तिम प्रतिस्पर्धामा पुगेका प्रतियोगीमा अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी ( नेपालगञ्ज), राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजोम, उमंग आचार्य ( हेटौंडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी. अदनान हलवाई, विश्व बराइली (नेपालगञ्ज), दिपेश चौधरी (धनगढी), पिन्टु सान्याल ( विराटनगर), अशोक बिक (पोखरा), मनोज गुरुङ (लमजुङ), रहेका छन् ।
यस्तै काठमाडौंबाट विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाई, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ, सक्कर बाजीमाया अन्तिम प्रतिस्पर्धामा छन् । यस्तै संयन्तराज घिमिरे (ललितपुर), सागर घिमिरे ( विराटनगर), सञ्जय मण्डल (जनकपुर), सरोज तामाङ मोक्तान (रसुवा), सुशान्त कुमार दास (राजविराज सप्तरी), प्रकाश चौहान (पथरी मोरङ) सिजल कपाली (ललितपुर), सन्तोष लोकसुम (झापा), आदेश प्रधान (धरान), सोहज खान ( विराटनगर), सुशान्त पौडेल (पोखरा), राजेश झा (जनकपुर), विपन श्रेष्ठ (चितवन), स्वस्तिक देवकोटा (दाङ), समीर तिमिल्सिना (पोखरा), आबिस्कर खड्का ( बुटवल) सुभम बर्नवाल, अनिकेत प्रजापति (नेपालगञ्ज) रहेका कार्यक्रमकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
‘युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना गरिँदै आएको छ ।’ उनले भनिन् । मिष्टर नेपाल २०२४ को बिजेताले मिष्टर ग्लोवल २०२४ तथा उप बिजेताहरुले विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने पनि पाण्डेले जनाएकी छिन् ।
अहिले प्रतियोगीहरुलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयमा प्रशिक्षण दिने कार्य भईरहेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी गराएका छन् । उनका अनुसार मिस्टर नेपालको चयन भदौमा हुने छ ।






