बागमतीमा निर्मम समिक्षा गर्दै नेकपा एमाले, टार्गेट मिसन ८४

मकवानपुर । ”अन्यत्रको तुलनामा पार्टी संगठन बागमती प्रदेशमै बलियो छ, तर यहीँ किन नमिठो हार हामीले भोग्यौ ?“ नेकपा एमाले बागमती प्रदेश कमिटीका इन्चार्ज तथा पार्टी स्थायी कमिटी सदस्य डाक्टर राजन भट्टराईले यो प्रश्न गर्दा नेता कार्यकर्ता एकअर्कालाई हेराहेर मात्रै गरिरहे ।

बागमती प्रदेशको एकमात्रै हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा २०७९ को निर्वाचनमा हार सामना गरेका अनन्त पौडेल सन्मुखमै थिए । पार्टीको केन्द्रीय पदाधिकारी, प्रदेश कमिटी अध्यक्ष र जिल्ला कमिटी अध्यक्षहरु समेतको उपस्थिती रहेको कार्यक्रममा प्रदेश इञ्चार्ज भट्टराइले अब पनि आफू भित्रको कमिकमजोरीलाई निर्मम समिक्षा नगरे माथि उठ्न नसकीने बताए । पार्टी केन्द्रीय कमिटीले बागमती प्रदेश इञ्चाजको जिम्मेवारी दिएपछि पहिलो पटक हेटौंडा आइपुगेका भट्टराइले एमालेले हार ब्यहोर्नुको पछाडी आन्तरिक द्वन्द्व र लाभको लोभको कारण मुख्य रहेको बताए ।

“प्रदेश सरकार एमाले नेतृत्वमा को थियो, प्रदेशको राजधानी एमालेले हेटौंडा बनायो, अनि फेरी हारको सामना एमालेले नै किन गर्नु प¥यो ?” उनले प्रश्न गरे । पार्टीले टिकट दिएको व्यत्तिलाई कार्यकर्ताले “मन परेन” भन्न पाइन्छ, आफैं भित्रको इमान्दारीता खै ? उनले भने । “आफ्नी आमाभन्दा पराइको आमा राम्री, भनेर एकैछिनको माया र लोभमा लाग्दा, पराइले गर्ने व्यवहार भोग्नु परेको उनले बताए । मुस्किलले जितेका पालिका अध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुले उच्च मनोवल राखेर कार्यकर्तामाझ जानु पर्ने उनले बताए । अब मिसन ८४ अन्तरगत पार्टी जनस्तरमा पुग्ने र जनभावनाको कदर गर्दै, संगठनलाई बलियो बनाउन तर्फ लाग्नु पर्ने उनको सुझाव थियो।

संगठन विस्तार राम्रो र बलियो भएको पार्टीको नेतृत्वमा कमजोर ठहरिनु भनेको जनताको बिचमा पार्टीको सकारात्मक कामको प्रचारप्रसार पाटो समृद्धि बनाउन नसकिएको उनले बताए । “अब एमालेलाई मिसन ८४ मा पछि पर्ने छुट छैन“ उनले भने ।

अबको समयमा पार्टीको आन्तरिक समस्या, सम्बन्धलाई बलियो बनाउदै अघि बढ्नु पर्ने समिक्षा एमालेले गरेको छ । फरकफरक समुदाय, सिकाइ र बुझाईबाट हुर्केकाहरू एकै विचारको कारण एकै ठाउँमा हुंदा कहिले काही“ चित्त बुझाउनु पर्ने अवस्था पनि हुनसक्ने र यस्तो अवस्थालाई सामान्य रुपमा लिने संस्कार पनि एमालेजनमा हुनुपर्ने निर्देशक कार्यकर्तालाई दिइएको छ ।

मिसन २०८४ को लागि ग्रासरुटमा पुग्नको लागि, पार्टी सिस्टम र परिपाटीमा पस्नको लागि उदार भावनाले अघि बढ्नुको विकल्प नै नभएको उनले बताए । राष्ट्रिय राजनीतिमा विगतमा एमालेलाई चौतर्फी घेरबन्दी भएको स्मरण गर्दै डाक्टर भट्टराईले भने “अबको एकता कुनै पनि हालतमा नटुट्ने गरि बलियो बनाउन पर्छ ।“

मुलुकलाई शंकट पर्दा एमाले र नेपाली कांग्रेससंगको सहकार्य ऐतिहासिक रहेको र राष्ट्रको लागि आवश्यक भएको उनले बताए । “जबजब देशलाई शंकट पर्छ, हामी २ पार्टी संगसंगै रहेर पार लगाएका छौ,अहिले पनि यहि भएको हो“ उनले भने । बागमतीमा एमालेको जितहारले केन्द्रीय राजनीतिकमा प्रत्येक्ष सरोकार राख्नेछ भएकोलए यहा“ एमालेलाई हार्न छुट नभएको भट्टराईले निकर्षमा पार्टी पुगेको छ । हिजोको दिनमा को बाट के गल्ती भयो, अब सच्याउ“दै तर हतोत्साही नहु“दै अघि बढ्नुपर्ने आवश्यकता बोध पार्टीलाई भएको छ ।

कार्यक्रम एमाले बागमती अध्यक्ष कैलाश ढुङ्गेलले पार्टीको योगदान निर्वाचनबाट नदेखिनुमा दुःखद भएको बताए । जिल्ला अध्यक्ष श्रीधर पोखरेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरूको समेत उपस्थिति रहेको थियो । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अस्थिरता रोक्ने,संविधानको रक्षा गर्न, अर्थतन्त्रमा सुधार ल्याउन,सुशासन कायम गर्न एकता बलियो बनाउ“ कस्ता कामा प्राथमिकता रहेको टिप्पणी गरिएको थियो ।

यसैगरी आन्तरिक सुदृढीकरण, जनप्रतिनिधिलाई संगठित बनाउने, समयबद्ध योजना निर्माणमा जोडदिने ,पार्टीभित्र प्रभावकारी समन्वयको आवश्यकता रहेको, कार्यकर्ताहरूलाई कामद्वारा अगाडि बढ्न निर्देशन समेत प्रोत्साहन गरिएको थियो । यसैगरी कार्यकर्तालाई निर्देशन दिन पार्टी नीतिप्रति दृढ विश्वास रहन आग्रह गरिएको थियो । अवसरहरूको सदुपयोग गर्दै जनतामा प्रभाव पार्ने कार्यहरूमा केन्द्रीत हुन पालिकाका नेतृत्वलाई आग्रह गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध